भावना म्युजिक सोलुसनको प्रस्तुतिमा रञ्जित परियारको “चोली टिमिक्कै ” बजारमा ( भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भावना म्युजिक सोलुसनको प्रस्तुतिमा रञ्जित परियारको “चोली टिमिक्कै ” बजारमा ( भिडियो सहित)



समीर प्रकाश पाण्डे/बैशाख ६ 

नेपाली लोक दोहोरीको क्षेत्रमा एक पछि अर्को गीत आउने क्रममा लोकदोहोरी गायक रञ्जित परियार र चर्चित गायिका देवी घर्ती मगरको सुमधुर आवाजमा रञ्जित परियारको लोकदोहोरी गीत “ चोली टिमिक्कै ”बजारमा आएको छ ।

चर्चित सर्जक प्रल्हाद सुबेदीको उत्कृष्ट शब्द र वसन्त थापाको निकै मिठो लय सृजनामा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल बिमल अधिकारी र सुस्मिता गिरीले गरेका छन् । गीत जस्तै भिडियो पनि निकै उत्कृष्ट बनेको छ । कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार गीतको म्युजिक भिडियोको छायाङ्कन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमर शाक्यले गरेका छन् ।गीतलाई भावना म्युजिक सोलुसन प्रालिले बजारमा ल्याएको छ ।