भाउजुसँग एकतर्फी प्रेममा परेका भाइले आफ्ना दाजुलाई डोजरले खाल्डो खनेर जिउँदै गाडे - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भाउजुसँग एकतर्फी प्रेममा परेका भाइले आफ्ना दाजुलाई डोजरले खाल्डो खनेर जिउँदै गाडे



भदौ २९ /भारत

हाम्रो समाजमा देवर भाउजुको सम्बन्धलाई पवित्र मानिन्छ । तर, पछिल्लो समय केहीले यो पवित्र सम्बन्धलाई कलंकित गराएका खबरहरु पनि आउने गरेका छन् । देवर–भाउजुको नाजायज सम्बन्धमा कारण परिवार नै तहसनहस भएका घटनाहरु पनि सुनिने गरेका छन् । यस्तै अपत्यारिलो घटना भएको छ भारतको झरखण्ड राज्यमा । यहाँ भाउजुसँग एकतर्फी प्रेममा परेका भाइले आफ्ना दाजुलाई डोजरले खाल्डो खनेर जिउँदै गाडेका छन् ।

दाजुको हत्या गरेको अभियोगमा प्रहरीले यहाँका सन्दिप कुमारलाई पक्राउ गरेको छ । उनले आफ्ना मामाका छोरा दाजु विवेकानन्द सावको हत्या गरेका हुन् । उनले आफूलाई भाउजु निकै मन परेका कारण भाउजु पाउनका लागि दाजुको हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । उनले विवेकानन्दकी पत्नी लक्ष्मी आफूलाई निकै मन पर्ने बताए । उनले यही कारणले केही दिनअघि आफ्नो हातको नशा पनि काटेका थिए ।

सन्दिपले रक्सी पिलाउन भन्दै दाजु विवेकानन्दलाई नजिकैको जंगलमा लिएर गएका थिए ।  त्यहाँ रक्सी खुवाएपछि नशामा लठ्ठ रहेका दाजुलाई उनले डोजर चालक मोहम्मद शब्बीरसँग मिलेर खाल्डोमा हालेर जिउँदै पुरिदिएका थिए । मृतककी पत्नीको हत्यामा कुनै संलग्नता रहेको नदेखिएको प्रहरीले जनाएको छ ।