भारतमा कमादारहरुलाई फसाउने षडयन्त्र हुँदै,अधिकांस नेपाली - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतमा कमादारहरुलाई फसाउने षडयन्त्र हुँदै,अधिकांस नेपाली



नयाँ दिल्ली, ३१  असोज ।

सन् १५ मई २००८ मा नोएडा सेक्टर २५ एल ३२ मा भएको हेमराज–आरुषि हत्याकाण्डको फैसला पछि अभियुक्त राजेश तलवार र नुपुर तलवार रिहा भएका छन् । इलाहाबाद उच्च न्यायलयबाट भएको सो फैसलाले तलवार दम्पत्ती त रिहा एकाछन् तर घरेलु कामदारहरु फस्ने सम्भावना बढेको छ ।

यसै बिच भारतमा रहने नेपालीहरूको छाता सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले घरेलु कामदारहरुलाई फसाउने षडयन्त्र भएको बताएको छ ।यद्धपि भारतमा नेपाली कामदार  भने अधिकांस रहेका छन् ,  सिबिआईले अभियुक्त माथि गरेको कार्वाही भन्दा बेग्लै रूपमा उनीहरूको रिहाई गरिएकोमा ‘मूल प्रवाह’ले आपत्ति प्रकट गर्दै सबै पक्षको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

नयाँ दिल्लीको बदरपुरस्थित मूल प्रवाहको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी गरिएको गम्भीर ध्यानाकर्षण नेपाली समुदायका लागि होशियारी र आन्दोलनको लागि तयारीको सन्देश पनि हो । पत्रकार सम्मेलनमा जारी एक वक्तव्यमा उल्लेख भए अनुसार– अबको डर भनेको घरेलु काममा खटिएका अन्य कामदारहरुलाई फसाएर तलवार दम्पतिलाई क्लीन चिट दिनु घोर आपत्तिजनक एवं निन्दनीय कार्य भएको उल्लेख छ । पुन: कामदारहरुलाई फसाउने षडयन्त्र भएमा ‘मूल प्रवाह’ आन्दोलनका लागि तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ । हिन्दी भाषामा जारी सो विज्ञप्तिमा कूटनीति नियोग लगायत अन्य सामाजिक सङ्घ संस्थाहरूको सहयोग हुनेमा विश्वास व्यक्त गरिएको छ ।

केही भारतीय मिडियाहरुले घरेलु कामदारहरुलाई फसाउने खेलमा विभिन्न कुराहरूको टिप्पणी गर्न सुरु गरी निर्दोषहरुलाई जबरजस्ती दोषी साबित गराउने कोसिसमा लागेमा खेद प्रकट समेत मूल प्रवाहद्वारा जारी सो प्रेस विज्ञप्तिमा उल्लेख छ । विगतमा सिबिआईले गरेको चेक जाँच प्रति चुनौती दिँदै घरेलु कामदारहरुलाई दु:ख दिने कार्य भएको थियो । अहिले पनि घुमाउरो पाराले सोही कार्य दोहर्‍याइँदै छ । यी र यस्ता कार्यहरू निन्दनीय भएको मूल प्रवाहले बताएको छ ।

पहिलो जाँच कार्यमा जुटेको टोलीद्वारा घरेलु कामदारलाई फसाएर विभिन्न प्रलोभन देखाइयो, उनीहरूलाई शारीरिक र मानसिक यातना दिईयो, तर सिबिआईको दोस्रो जाँच कार्यमा जुटेको टोलीले तलवार दम्पति नै हत्यारा भएको पुष्टि सहित जेल चलान गरेको थियो । तर यो ४ वर्षको अन्तराल पश्चात् पुन: उनै कामदारहरुप्रति नै शङ्काको सूई तेर्साउँदै तलवार दम्पत्तीलाई रिहाई गरिएको छ । यसले भारतको सबैभन्दा ठुलो जाँच एजेन्सी सीवीआई माथि नै अविश्वास प्रकट गरेको छ । उनीहरू यसरी एकाएक रिहा हुनु र घरेलु कामदारहरुलाई फसाउने खेल सुरु हुनु आपत्ति जनक र घोर निन्दनीय कार्यप्रति सबैको मूल प्रवाहले सबैको ध्यानाकर्षण गराएको छ ।

यसै बिच भारतमा रहेको नेपाल पत्रकार महासङ्घ भारत शाखाले नेपाली समुदायका बिच कार्यरत बुद्धिजीवी, सामाजिक अगुवाहरु र पत्रकार सबैले ‘मूल प्रवाह’को यो कदमका लागि ऐक्यबद्धता जाहेर गर्नुपर्ने ठहर गरेको छ ।मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेपालमा राष्ट्रिय जनमोर्चाको जनवर्गिय सङ्गठन हो ।