भारतमा अज्ञात समुहको गोली लागेर मृत्यु भएका आशुतोषको शव नेपाल पठाईयो ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतमा अज्ञात समुहको गोली लागेर मृत्यु भएका आशुतोषको शव नेपाल पठाईयो !



अर्जुन खनाल /नयाँ दिल्ली

भारतको नोएडामा  रुपन्देहीका आशुतोष  माथि अज्ञात समूहद्वारा   गोलि हानि हत्या गरिएको जनाकारी पश्चात मुल प्रवाहाका ठाकुर खनालको सहयोगमा हामीले गत साता समाचार प्रकासित गरेका थियौ ।उनको घर कहाँ हो ?परिवारमा को को छन् आदि ईत्यादी भने यकिन भएको थिएन तर भारतमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिको सहयोगमा घर परिवार सम्पर्कमा आएका थिए ।

भारतमा रहेका संघ संगठनका प्रतिनिधि

खबर पाएपछि नेपालबाट मृतकका बुवा अनि आफन्तहरू दिल्लीमा आएका थिए, दिल्लीबाट नोएडा गएपछि भारतीय पुलिसले सोधपुछ गरेपछि कागजी कार्वाहीका साथ शवलाई नेपाल सम्म पुर्‍याउने व्यवस्था भारतमा रहेका नेपाली सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय उपाध्यक्ष कपिल खनाल, केन्द्रिय सदस्य ठाकुर खनाल, अखिल भारत नेपाली एकता मंच केन्द्रिय सदस्य आर बि खडका,नेपाली देशभक्त आवाजका प्रतिनिधि बाबु रोका मगर,अर्जुन थापा, श्री साइ कृपा चेरिटेबलबाट विष्णु के सी ,सन्दिप भाटको पहलमा कम्पनीको तर्फबाट बाटो खर्च र क्रिया खर्चको लागि ५४ हजार भारु उपलब्ध गराइ बाकीं क्षतिपूर्तिको लागि काजकिरिया पछि मिलान गर्ने सहमतिमा नेपाल पठाइएको छ । घटनामा संलग्न  तीन जना अपराधीहलाइ नोएडा पुलिसले  पक्राउ गरेको बताएको छ  ।

मृतक आसुतोश २०६२ भदौ १४ देखि घरपरिवारबाट सम्पर्कबिहिन थिए नेपाल प्रहरीमा कार्यरत आसुतोसको द्वन्दको समयमा पोस्टिङ रुकुम जिल्लामा थियो जागिरको सिलसिलामा अफिसको कामले हेड क्वाटर काठमाडौँ आएका थिए अफिसको काम काठमाडौँमा केही दिन लाग्ने भएकोले उनी घरपरिवार सँग भेटघाट गर्न नवलपरासी आएका थिए तर घरमा तीन दिन बसेपछि पुनः उनी रुकुमको लागि काठमाडौँबाट जहाजमा जाने भनेबताए  ।

घरमा मृतकका बुवा आमा श्रीमती एक छोरा र एक छोरी अनि एउटा भाइ रहेका छन् ।