भरतपुरलाई देशकै नमुना महानगर बनाउने रेणु दाहालको अठोट - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भरतपुरलाई देशकै नमुना महानगर बनाउने रेणु दाहालको अठोट



चितवन ।

भरतपुर महनगरपालिकालाई विकास र सव्यताको कसीमा देशकै नमुना महानगर बनाउने आफ्नो योजना रहेको प्रमुख रेणु दाहालले बताएकी छन । साथै संवृद्द महानगर निर्माणका लागि स्थानीयबासीको भूमिका महत्वपूर्ण हुने उनले बताइन ।

महानगरपालिका वडा नं २६ ले बुधबार वडा कार्यालय परिसर दिब्यनगरमा दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शूभकामना आदन प्रदान कार्यक्रमलार्इ सम्बोधन गर्दै बिकास बिना संबृद्दी हासिल गर्न नसकिने नगर प्रमुख दाहालले बताइन ।

कार्यक्रमलार्इ सम्बोघन गर्दै प्रमुख दाहालले नगरबासीहरूको आवश्यकता र चाहनाका आधारमा बिकास निर्माणका कार्यक्रमहरू संचालन हुने बताइन् ।दाहालले आफ्नो वडाको विकस निर्माण र आवश्यकताको योजना आफै छनोट गर्ने अवसर प्राप्त भएकाले आगामी कार्तिक ७ गतेदेखि १३ गतेसम्म महानगरका २९ वटै वडाहरूमा वडा स्तरीइय योजना निर्माण तथा योजना छनोट कार्यक्रममा सबै क्षेत्र र समुदायले सकृयताकासाथ सहभागी भइ सहयोग गर्न आग्रह गरिन् ।

प्रमुख दाहालले भरतपुर महानगरपालिकाको पहिलो प्राथमिकता सडक पूर्वाधार भएको भन्दै ग्रामिण क्षेत्र र सहरी क्षेत्रको समुचित विकास गर्ने नीति आगामी नगरपरिसदबाट पारित गरिने बताइन् ।

प्रमुख दाहालले महानगरबासीहरूको मुख्य मागको रूपमा रहेको महानगरीय रिडंरोड निर्माणको काम छिट्टै थालिने बताइन् ।उनले भनिन्, ‘तपार्इहरू तयार हुनुस् रिडरोड निर्माणको काम छिट्टै शूरू हुन्छ । सहर र ग्रामीण क्षेत्र दुबै ठाउबाट एक्कै पटक । ’

प्रमुख दाहालले दिपावली तथा छठको अवसरमा शूभकामना ब्याक्त गर्दै धर्म संकृतीको संरक्षण गर्नु सबैको साझा विसय भएकोमा जोड दिदै चाँडपर्बहरूलार्र्इ मितब्यायी, सरल र सभ्य बनाउन आग्रह गरिन् ।

उक्त अवसरमा माउन्ट एभरेस्ट डेभलपर्स प्रालि पोखराका अध्यक्ष हर्कबहादुर अधिकारीले वडा कार्यालयको फोहोरमैला व्यवस्थापनका लागि प्रदान गरिएको टेक्टर र टेलरको साँचो वडा अध्यक्ष ज्ञानप्रसाद खनाललार्इ प्रदान गरेका थिए ।

वडा अध्यक्ष ज्ञानप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्दादाता ,स्थानीय समाजसेबी तथा जेष्ठ नागरिकहरूलार्इ सम्मान गरिएको थियो । कार्यक्रममा २७ न बडाका अध्यक्ष गोबिन्द तामाड ,स्थानीयय समाजसेबी तुलाराम आचार्य, बद्री अधिकारी लगायतका बक्ताहरूले नदी तटबन्धन, पक्की बाटो, जंगल क्षेत्रमा तार तथा मेसजाली विद्यालयध्यालयहरूको भौतिक पूर्वाधारका साथै विकासमा विषेस बजेटको ब्यावस्था गर्न प्रमुख दाहालसंग आग्रह गरेका थिए ।