भारतीय सीमा नजिकै युवाको विभत्स हत्या - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतीय सीमा नजिकै युवाको विभत्स हत्या



महोत्तरी । महोत्तरीको मटिहानी–८ मा शनिबार बिहान एक युवकको हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ । मटिहानी–७ का रमेश ठाकुरको शव मटिहानी बजार र बस्तीबीचमा रहेको खानेपानीको मूल गेटमा शव फेला परेको हो ।

मृतक ठाकुरको मटिहानी बजारमा शैलुन पसल छ । उनी शुक्रबार राति शैलुन बन्द गरेर घर जाँदै गर्दा घटना भएको प्रहरीले जनाएको छ । घटनास्थल नेपाल–भारत सीमा क्षेत्र १० गजाबाट २ सय मिटर उत्तरतिर पर्छ । भारतीय सीमा नजिक भएकाले घटनापछि अभियुक्तहरु भारत पसेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रहरी निरीक्षक बस्नेतले भने, ’हामीले अपराधी र घटनाको अनुसन्धान गरिरहेका छौं ।’ बस्नेतले ठाकुरको टाउकोमा रड वा ढुङ्गा प्रहार गरेर निर्मम हत्या गरिएको हुनसक्ने बताए । उनले भने, ’यो घटना हेर्दा केही समूहले टाउकोमा रड वा ढुङ्गा प्रहार गरेको देखिन्छ । टाउको फुटेको छ । गिदी निस्केको छ ।’