दुई भारतीय 'सुटर' पक्राउ, पेस्तोल मन्त्रालयको कारखानामा उत्पादित - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दुई भारतीय ‘सुटर’ पक्राउ, पेस्तोल मन्त्रालयको कारखानामा उत्पादित



काठमाडौं-

कमलावादी क्षेत्रमा बुधबार दिउँसो अचानाक गोली चलेपछि ड्युटीमा खटिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोली गोलीको आवाज आएको स्थानतिर दौडियो ।
त्यही  बेला २ युवा ज्याक डेनिस डान्सबाट निस्किएर भागेपछि प्रहरीले पिछा गर्यो ।
प्रहरीले केहिबेरमै दुवै जनालाई पक्राउ गर्यो ।
र गोली चलाउने उनहरुनै रहेको पुष्टि भयो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकका अनुसार उनहीरुको साथबाट एउटा आधुनिक पेस्तोल, ४ वटा म्यागजिन र ५१ राउण्ड गोली बरामद भएको छ । 

सोधपुछका क्रममा उनीहरु दुवै भारत पन्जाबका जसवीर सिंह र शरदेवेन्द्र सिंह रहेको खुल्यो ।

ती भारतीय नागरिक रक्सौलबाट भैरहवा हुँदै मंगलबार बेलुका काठमाडों भित्रिए हेरिटेज प्लाजालमा बसेका थिए ।

होटलमा प्रहरीले उनहरुले प्रयोग गरेको सेतो रङ्को पिवी १० एफएस ७४४९ नम्बरको मारुती सुजुकी कार फेला पार्यो ।
गाडीमा केही उपहार थिए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।