भारतीय रियालीटी शो'मा फेरी नेपाली कलाकार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतीय रियालीटी शो’मा फेरी नेपाली कलाकार



ईन्द्र कमल जैरु /नयाँ दिल्ली 

पछिल्लो समय नेपाली भाषी प्रतिभाले भारतीय रियालिटी सो मा आफ्नो छाप छोडेको सर्वविदितै छ। भारतीय रियालिटी सो मा फेरि एक पटक नेपाली प्रतिभा तपाईँहरूको मन जित्न आइरहेका छन् ।

डान्सको नयाँ सो हाई फिवर डान्सका नयाँ तेवरमा नेपाली भाषी तारा प्रसाद ढकाल र निशा रसाईली चयन भएका छन् । जोडीमा हुने डान्स प्रतियोगिताका लागि गुरु शिष्य, जेठाजु-बुहारी, भाउजू-नन्द, दाजु-भाइ र साथी-साथी लगायतको जोडी हुनेछ ।

दिल्लीमा भएको अडिशनबाट तारा प्रसाद र निशा रसाईलीको जोडी चयन भएको हो। बालकृष्ण ढकाल र लक्ष्मी ढकालका पुत्र तारा प्रसाद भारतको राजधानी दिल्लीको द्वारका मोडमा बस्दछन । नेपालको बुटवल स्थायी घर भए पनि तारा प्रसादको शिक्षा-दीक्षा दिल्लीमै भएको हो ।

नृत्यमा सानैदेखि रुचि राख्ने तारा प्रसाद ढकालको गुडगाँवमा स्टार डान्स कम्पनीका नामले आफ्नै डान्स एकेडेमी छ । नृत्यका विभिन्न विधामा निपुण तारा प्रसादले राजधानी दिल्ली लगायत भारतका विभिन्न ठाउँमा हुने प्रतियोगिता एवं कार्यक्रमहरूमा डान्स गर्दै आएका छन् ।

त्यसै गरी सिक्किमकी निशा रसाईली पनि डान्स सिकाउछिन । द डान्स क्याफेमा डान्स सिकाउने निशाले पनि भारतका विभिन्न स्थानमा प्रस्तुति दिँदै आएकी छन्। डान्स प्रतियोगिता भने एन्ड टिभीमा आगामी १७  मार्चबाट भारतीय समय अनुसार साढे ९ बजेदेखि सुरु हुनेछ ।