भारतमा रहेका प्रवासी संगठनद्वारा वाम एकताको स्वागत - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भारतमा रहेका प्रवासी संगठनद्वारा वाम एकताको स्वागत



नयाँ दिल्ली , २८ असोज ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल निकटका भारतमा रहेका प्रवासी  संगठनले बृहत् वाम एकता र एकीकृत पार्टी निर्माणका विषयमा भएको सहमतिको स्वागत गरेका छन् ।

तीन वटै संगठनकाबाट संयुक्त रुपमा विज्ञप्ति प्रकाशन गरी समाजवाद स्थापना गर्ने लक्ष्यका साथ शुरु भएको वामपन्थी शक्तिको एकताले मुलुकलाई नयाँ दिशामा लैजाने बताए ।

विज्ञप्तिमा एमाले निकट प्रवासी नेपाली संघका महासचिव डम्बर रावल ,माओवादी केन्द्र निकट अखिल भारत एकता मंचका महासचिव चक्र बहादुर मालाती र नयाँ शक्ति निकट अन्तराष्ट्रिय नेपाली समाज भारतका केन्द्रीय सचिवालय सदस्य दिपक बिकले हस्ताक्षर गरेका छन् ।