भरत क्षेत्रीको देउसी भैलो सार्वजनिक ( भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भरत क्षेत्रीको देउसी भैलो सार्वजनिक ( भिडियो सहित)



असोज २९ , काठमाडौँ 

नेपाली हरुको महान् पर्व दीपावली (तिहार) हाम्रो घर आगनमा आउनै लागेको छ । पछिल्लो समय विभिन्न पर्व हरुलाइ लक्षित गरी कलाकार हरुले गीत बनाउने गाउने र म्युजिक भिडियो सार्वजनिक गर्ने प्रचलन बढ्दो क्रममा छ । यसै क्रममा भर्खरै मात्रै उज्यालो म्युजिक प्रा लिई ले तिहार विशेष देउसी भैलो गीत र म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

भरत क्षेत्रीको लय शब्द सिर्जना मा रहेको देउसी भैलो गीतमा भरत खत्री र ननिता गुरुङको आवाज रहेको छ । प्रदिप ज्ञवालीले निर्देशन गरेको उक्त  गीतको म्युजिक भिडियो लाई अजय रेग्मीले छायाङ्कन गरेका हुन भने अनुप सिवाकोटीले सम्पादन गरेका छ्न । उज्यालो म्युजिकले बजार व्यवस्थापन गरेको यश देउसी भैलो गीतको म्युजिक भिडियोमा प्रदिप र कुसुम थापा मगरको उत्कृष्ट अभिनय रहेको छ ।

https://youtu.be/NFXN0tuawhU