भाईटिका आज :उत्तम साईत ११ बजेर ५२ मिनेटमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भाईटिका आज :उत्तम साईत ११ बजेर ५२ मिनेटमा



१६ कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड तिहारको आज अन्तिम दिन अर्थात भाइटीका हो । पण्डितहरुका अनुसार आज भाइटीकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५२ मीनेटमा रहेको छ ।images-2

यमपञ्चकको पाँचौं दिन अर्थात कात्तिक शुक्ल द्वीतीयाका दिन आज बिहानैदेखि घर-घरमा तिहारको चहल-पहल सुरु भएको छ । दाजुभाइहरुले आफ्ना दिदी बहिनीका हातबाट टीका लगाउने चलन छ ।

दाजुभाइ वा दिदी बहिनी नहुनेहरुले नजिकका आफन्तसँग वा अन्य कसैलाई दिदी बहिनी वा दाजुभाइ मानेर टीका लगाउने चलन छ । कसैले मठ मन्दिरमा गएर पनि टीका लगाउने गर्दछन् ।

यमपञ्चकको पाँच दिन यमराजले विश्राम लिन्छन् र कसैलाई पनि यमलोक लैजाँदैनन् भन्ने मान्यता छ । आज यमराजले पनि आफ्नी बहिनीसँग टीका लगाउने पौराणिक कथन छ

भाइटीका लगाउन आज दिदी बहिनीका घरमा जाने वा दिदी बहिनीहरु माइतमा भेला हुने भएकाले आजको दिन निकै प्रायः सबैतिर चहल-पहल बढ्ने गर्छ ।
राजधानी काठमाडौंका सडकहरु मंगलबार बिहान सुनसान देखएकिा छन् भने भाइटीकामा सामाग्री विक्री गर्ने पसलहरु भने सामान्यतः खुलेका देखिन्छन् ।

यमपञ्चकको पाँच दिन यमराजले विश्राम लिन्छन् र कसैलाई पनि यमलोक लैजाँदैनन् भन्ने मान्यता छ । किंवदन्ती अनुसार आफ्नो दाजुलाई लिन आएका यमदूतलाई बहिनीले भाइटीका नलगाई नलैजान भनेपछि यमराजले त्यसै गरेको र यमपञ्चकभरि काल आइसकेको दाजुको मृत्यु टरेको हुनाले तिहारको पाँच दिनलाई यमपञ्चक भनिएको हो ।

आजको दिन यमराजले पनि आफ्नी बहिनीसँग टीका लगाउने पौराणिक कथन छ ।