भैंसीको पेटबाट ७ फ़ीट लामो जिउँदो सर्प निस्केपछि… - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भैंसीको पेटबाट ७ फ़ीट लामो जिउँदो सर्प निस्केपछि…



१३ आश्विन ,राजस्थान

शीर्षक पढदा पत्त्यार लाग्दैन, तर भारतको राजस्थान सीकरीको यो घटना अहिले निक़ै चर्चामा छ ।

सीकर जिल्लाको  दांतारामगढ़ अंतर्गत रोलाना गाऊँ बस्ने बजरंगलाल मीणाको भैसीको पेटबाट  ७ फ़ीट लामो र अढ़ाई किलो तौल भएको सर्प निस्केको हो ।

बजरंगलालका अनुसार, दुई तीन दिनदेखि भैसीको अवस्था खराब भएर पानी समेत पिउन छोड़ेपछि उनले  बाजियावास स्थित पशु धन सेवा केन्द्रमा उपचार्रका लागि लगेका थिए । त्यहा सहायक पशु चिकित्सक राजेश गढ़वालले भैसीलाई इंजेक्शन लगाएर केही अन्य औषधी दिएका थिए ।

सोही साँझ भैंसीले गोबर फाल्दा गोबरसँग  करीब सात फीट लामो सर्प समेत निस्केको थियो ।

पशु चिकित्सक गढ़वाल समेत त्यतीखेर त्यही थिए । सर्प देखेपछि सबै चकित बनेको गढ़वालले बताए ।

यद्दपी सर्प केही समयमा मरेको थियो ।

सर्प भैसीको पेटमा कसरी पसेछ भन्ने बिषय अहिले पनि रहस्यमयी छ ।