भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !



गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ।

तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए।

गाउँपालिकाले गाई र भैँसीलाई २–२ हजार र बाख्रालाई एक हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

कृतिक गर्भादानबाट व्याएका गाई, भैँसी र बाख्रालाई मात्र त्यस्तो भत्ता दिने अध्यक्ष पोखरेलले बताए।

गाउँपालिकाले किसानलाई परिचय पत्र वितरण गर्ने निर्णय समेत गरेको छ।