तपाईले फेसबुकमा BFF लेख्नु भो ? यस्तो छ वास्तविकता ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

तपाईले फेसबुकमा BFF लेख्नु भो ? यस्तो छ वास्तविकता !



-अर्जुन खनाल 

दिन भर कामको व्यस्तताले फेसबुक खोल्न पाइएन । खोले पनि म्यासेज चेक मात्र गरे ।जब साँझ आएर यसो    नेभिगेसन स्क्रोल गर्दै  गए जताततै  यस्तो  मात्र पाए :

भर्खरै प्राप्त जानकारी अनुसार फेसबुक सञ्चालक (CEO) Mark Zuckerberg ले संसार भरिका सम्पूर्ण फेसबक प्रयोगकर्ता हरुको लागि फेरि एउटा महत्त्वपूर्ण नयाँ आविष्कार गरिदिनु भएको जानकारी आएको छ जसको नाम हो BFF. तपाईँ आफ्नो फेसबुक अकाउन्ट सुरक्षित छ कि छैन भन्ने थाहा पाउनको लागि यो पोस्टमा BFF.टाइप गरी कमेन्ट गर्नुहोस् यदि तपाईँको कमेन्टमा हरियो हुँदै माथितिर गएको देख्नु भयो भने तपाईँको फेसबुक अकाउन्ट सुरक्षित छ र यदि देख्नु भएन भने तुरुन्तै आफ्नो पास्वर्ड परिवर्तन गर्नुहोस् तपाईँको फेसबुक अकाउन्ट ह्याक हुने तर्खरमा छ,!! Try to Comments Below BFF.

एक छिन हेरे मात्र । अब के गर्ने मैले पनि एक जना साथीको स्टाटसमा गएर  BFF टाइप गरे अनि हरियो देखियो साथै २ वटा हातको  अनिमेसन आयो ।जब  २ वटा हातको  अनिमेसन आयो मनमा कौतुहलता जाग्यो अनि खोज्न  थाले आखिर के हो त BFF हेर्दै जाँदा “best friends forever” भन्ने हुँदो रैछ  जुन एनिमेसन  फेसबुकले  तयार पारेको रैछ ।

यस अघि फेस्बुकाले congrts अथवा  Congratulationsलाई रातो अक्षर अनि नेपालीमा बधाई लेख्दा रातो अक्षरमा देखाउँथ्यो र ऐले नि देखाउँछ ।त्यस्तै XOXO भनेर टाइप गर्नु भयो भने पनि त्यस्तै देखाउँछ ।

यो ऐले सामाजिक सञ्जालमा फैलिएको अफवाह मात्रै हो जुन हल्लाको पछाडि हामी धमाधम स्टाटस लेखेर हाम्रो एकाउन्ट सेफ छ कि छैन भन्ने चेक गर्दै छौ ।

हामी यति सम्म बेवकुफ भयौ कि कसैले  यस्तो हुन्छ भन्दिए सजिलै पत्यौछौ तर वास्तविकता पछाडि लाग्ने चेष्टा गर्दैनौ  ।यौटा कहावत छ नि कौवाले कान लैदियो भन्दा कौवाको पछाडि दौडन्छौ तर आफ्नो कान   छाम्न सक्दैनौ ,यो ठ्याक्कै त्यस्तै हो ।