बेरोजगारको आगो निभाउ देशमा शाशन गर्नेहरु (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बेरोजगारको आगो निभाउ देशमा शाशन गर्नेहरु (भिडियो सहित)



 काठमाडौं :बेरोजगार नेपाली युवाहरूको प्रतिनिधि आवाज प्रति समर्पित ‘बेरोजगार’ गीति एल्बम सार्वजनिक भएको छ ।

उक्त  बेरोजगार नेपाली युवाहरूको प्रतिनिधि आवाज प्रति समर्पित “बेरोजगार” गीति एल्बमा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित लोक गायक वैकुण्ठ महत र पूर्णकला बिसीले अवाज दिएका छन् भने  शब्द सङ्कलन र सङ्गीत महतकै रहेको छ ।

वरदान डिजिटल प्रा.लिको प्रस्तुतिमा रहेको सो  गीतको एरेन्ज कमल सौरागको रहेको छ ।  ‘बेरोजगार ‘ गीति एल्बमको गीत रेकोर्ड मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा भएको थियो भने उक्त गीतका सम्पादन विकास ज्ञावाली ,छायाङ्कन टङ्क केसी र निर्देशन मदन खड्काको रहेको छ ।

गीतमा  नेपाली हास्यव्यंग क्षेत्रका  हास्य कलाकार  उज्जल गिरि ‘दानवीर ‘, अनुष्का शर्मा लगायत कलाकारहरुको  अभिनय देख्न सकिन्छा ।