बेलबारी फुटबल क्लब मोरङ विजयी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बेलबारी फुटबल क्लब मोरङ विजयी



ओम प्रकाश बानियाँ/कमल खड्का

एभरेष्ट फुटबल क्लब बराह-३ नडाहाले आयोजना गरेको प्रथम मेयर कप पुस ३० आइतबारदेखि सुरु भएको छ । क्लबका अध्यक्ष मधुसूदन भटराईको सभापतित्व र बराह नगरपालिकाका मेयर निलम खनालको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो । उद्घाटन खेल बेलबारी फुटबल क्लब मोरङ र ब्योइज फुटबल क्लब इटहरीका बिच भएको थियो ।

उक्त खेलमा दोस्रो हाफको अन्तिम मिनेटमा बेलबारी फुटबल क्लबका तर्फबाट जर्सी नम्बर १४ का कर्ण लिम्बूले गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए । उक्त खेलका म्यान अफ द म्याच बेलबारी फुटबल क्लबका कर्ण लिम्बु भएका छन् । लिम्बुले पच्चिस सय नगद प्राप्त गरेका छन्। भोलि १नम्बर प्रदेश प्रहरी टिम, रानी बिराटनगर भर्सेज राजाबास फुटबल क्लब, राजाबास बिच हुनेछ ।