वायु प्रदुषणले हुने मृत्युदरमा नेपाल एसियाकै उच्च - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

वायु प्रदुषणले हुने मृत्युदरमा नेपाल एसियाकै उच्च



दक्षिण एसियामा वायु प्रदुषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । साथै वायु प्रदुषण पनि उच्च छ ।

हेल्थ इफेक्ट्स इन्ष्टिच्युट र इन्ष्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनले युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियासँग मिलेर विश्वमा हावाको अवस्थासम्वन्धी रिपोर्ट २०१८ सार्वजनिक गरेको छ ।

जसअनुसार नेपालमा प्रति एक लाख मृत्युमा २१५ वायु प्रदुषणका कारण हुने गरेको छ । यो दक्षिण एसियाकै उच्च हो ।
दोस्रो स्थानमा पाकिस्तान छ, त्यहाँ २०७ एक लाख मृत्युमा २१५ वायु प्रदुषणका कारण हुन्छ । बंगलादेशमा १९८, भारत १९४ छ । सबैभन्दा कम भुटानमा छ, त्यहाँ एक लाख मृत्युमा वायु प्रदुषणका कारण ११४ छ ।

नेपालमा वायु प्रदुषणका कारण हुने मृत्युको दर चीनको भन्दा पनि बढी पाइएको छ । चीनमा यो दर ११७ रहेको विश्वमा हावाको अवस्थासम्बन्धी रिपोर्टले जनाएको छ ।