नेपाललाई तेस्रो सफलता, बसन्तले लिए विकेट - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपाललाई तेस्रो सफलता, बसन्तले लिए विकेट



आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल विरुद्धको खेलमा केन्याले राम्रो सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले पहिलो विकेटका अर्धसतकिए साझेदारी गर्न सफल भयो ।

तर केन्यको ६५ रन हुदा सन्दिप लामिछानेले पहिलो सफलता दिलाए । ओपनर ओबान्डा ४१ रनमा आउट भए ।

त्यसपछि केन्याको स्कोर ७१ रन हुदा नेपालले दोस्रो विकेट लियो । यसपटक पनि सन्दिपले नै नेपाललाई विकेट दिलाए ।

त्यसपछि इरफान करीमले कोलिन्स ओबुयासंग २९ रनको साझेदारी गर्दै टिमको स्कोर १०० रन कटाए ।

तर एक सय ३ रन हुदा बसन्त रेग्मीले नेपालका लागि तेस्रो विकेट लिन सफल भए । उसका ओपनर इरफान ४२ रनमा आउट भए ।