ओली र प्रचण्डको वार्ता सकियो, यस्तो भयो कुराकानी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ओली र प्रचण्डको वार्ता सकियो, यस्तो भयो कुराकानी



प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।

प्रचण्डले आफ्नो टुइटरमा दुई पार्टीका अध्यक्षबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको र सो कुराकानीलाई भोलि पनि निरन्तरता दिइने बताए । दुबै पार्टीका कार्यदलले बुझाएको पार्टी एकता सम्बन्धी प्रतिवेदनमाथि आजको छलफल सकिएको प्रचण्डले बताएका छन् ।

दुवै नेताको भेटपछि प्रचण्डले भने, ‘दुबै पार्टीका कार्यदलले बुझाएको पार्टी एकता सम्बन्धी प्रतिवेदनमाथि आजको छलफल सकिएको छ । दुबै अध्यक्षहरुबीच आज सौहार्दपूर्ण छलफल भयो । छलफललाई भोलि पनि निरन्तरता दिइने छ ।’

आजको छलफलमा कुनैपनि ठोस उपलब्धि भएको छैन । एमाले र माओवादी पार्टीको एकताका विषयमा छलफल गर्न शुक्रबार दुई नेताको भेट भएको थियो ।