वरिष्ठ पत्रकार चापागाईंले मेयरपदको उम्मेदबारी घोषणा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

वरिष्ठ पत्रकार चापागाईंले मेयरपदको उम्मेदबारी घोषणा



हिमाल पोष्ट /बुटवल चैत्र २४ । वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले बुटवलको मेयरपदमा उम्मेदबारी घोषणा गरेका छन् ।तीन दशकदेखि पत्रकारितामा क्रियाशिल उनले पार्टीएले आफ्नो मुल्यांकन गर्ने बिश्वास ब्यक्त गरे ।

रिर्पाटर्स क्लव बुटवलको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले आफु सक्षम भएको दाबि गरे । ‘जहाँ सम्म मेरो उमेदवारीको कुरा छ , यो जनस्तरबाट स्वभाविक रुपमा उठेको चर्चा हो, एमालेले उचित मूल्याङकन गरी मलाई उमेदवारको रुपमा प्रस्तुत गरेमा चुनाव लड्न म तयार छु । ’

म सँग बुटवल उप महानगरपालिकालाई नमुना महानगरपालिका बनाउने खालका विशिष्ट योजना र दृष्टिकोण छन् । ती दृष्टिकोण र योजनाहरु समयको माग र आवश्यकता भएको बेलामा अवश्य प्रस्तुत गर्ने नै छु ।

मैले आजसम्म जहाँ जहाँ जिम्मेवारी लिएको छु , ती सबै ठाँउमा कुशलता पर्ूवक कार्य सम्पादन गरेको छु । आफ्नो कार्यकुशलता र क्षमताले ती संस्थाहरुलाई निकै उचाईमा पुर्‍याएको छु ।

 

विद्यार्थीकालमा पञ्चायती शासनविरुद्धको आन्दोलन, त्यसपछि लोकतन्त्र, गणतन्त्रका लागि भएका आन्दोलनमा पनि महत्त्वपूर्ण भूमिकामा रही उनले काम गरे ।

२०६२-०६३को संयुक्त जनआन्दोलन चलिरहँदा चापागाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष समेत बने ।  पत्रकारिता र नेपाली विषयमा स्नातकोत्तर, कानुनमा स्नातक गर्नुभएका चापागाईले बौद्ध दर्शन र सञ्चारमा विद्यावारिधि गर्दै छन् ।

पत्रकारिता, शैक्षिक, सामाजिक संस्था तथा सञ्चार संस्थाको नेतृत्वमा अब्बल रहेका चापागाईको नाम पछिल्लो समयमा बुटवल उपमहानगरपालिकाको मेयरको सूचीमा पनि जोडिन थालेको छ । कार्यक्रम क्लवका पश्चिमाञ्चल संयोजक प्रकास खनालको संचालनमा भएको थियो ।