बराह-३ को नडाहामा प्रथम मेयर कप हुँदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बराह-३ को नडाहामा प्रथम मेयर कप हुँदै



कमल खड्का/ओम प्रकाश बानियाँ

बराह नगरपालिको वडा ३ मा रहेको एभेष्ट फुटबल क्लबको आयोजनामा नडाहमा प्रथम मेयर  कप सञ्चालन हुने भएको छ ।

खेलकुदको क्षेत्रमा बेग्लै पहिचान बनाएर नेपाली फुटबलको क्षेत्रमा राष्ट्रिय खेलाडिहरु उत्पादन गरी नेपालको खेलकुदलाई धेरै ठुलो गुण लगाएको भूमि भरौलमा पुस ३० गतेदेखि सुरु हुने प्रतियोगिता माघ ७ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा मोरङ्ग, सुनसरीका फटबल क्लबहरू, बेलबारी फुटबल क्लब मोरङ्ग, क्षेत्रीय तालिम केन्द्र रानी बिराटनगर, गाईघाट फुटबल क्लब उदयपुर, बक्लोउरी फुटबल क्लब, रामधुनि, राजावास फुटबल क्लब, बराह ९ वराहक्षेत्र फुटबल क्लब चतरा, द व्याइ कल्व इटहरी र आयोजक एभेष्ट फुटबल क्लब बराह ३ सहित ८ ओटा फुटबलको क्लबको सहभागिता रहने प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख १ हजार र दोस्रो पुरस्कार ५१ हजार सहित प्रतियोगिता भर उत्कष्ट खेलाडिहरुलाई खेल प्रदशनको म्यान अफ दि म्याच प्रदान गरिने शनिवार पत्रकार सम्मेलन गरी एभेष्ट फुटबल क्लबका अध्यक्ष मधु साधन भट्टराईले बताउनु भयो।

बराह नगरपालिकाको वडा नं ३ को एभेष्ट फुटबल क्लबको खेलमैदानमा हुने प्रतियोगितालाई सफलता पूर्वक समापन गर्नको लागि बराह नरपालिकाको सहकार्य र प्यब्यासन ग्रामीण क्षेत्रीय समन्वय समिति सुनसरी सहयोग , बराह नगरपालिका वडा नं ३,४ र ५ कार्यालयको विशेष सहयोग र खेल प्रमि देश, विदेशमा रहनु भएका युवाहरूको सहयोगमा लगभग ८ लाख खर्च प्रतियोगिता समापन गराउन आकडन गरिएको क्लबका अध्यक्ष भट्टराईले पत्रकार सम्मेलनमा बताउनु भयो ।