बराहक्षेत्र फुटबल क्लब बिजयी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बराहक्षेत्र फुटबल क्लब बिजयी



ओम प्रकाश बानियाँ/ संगम बिष्ट

एभरेस्ट क्लबको आयोजनमा बराह नगरपालीकाको वडा नं ३ स्थित खेल मैदानमा जारी प्रथम बराह कप अन्तर्गत आज भएको खेलमा बराहक्षेत्र फुटबल क्लब बिजयी भएको छ।

मङगलबार भएको खेलमा बराहक्षेत्र फुटबल क्लब चतरा र बक्लौरी फुटबल क्लब बक्लौरीका बिरुद्द भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा बराहक्षेत्रका तर्फबाट राष्ट्रिय खेलाडीहरुको आगमनले प्रतियोगितालाई आक्रषित बनाएको थियो ।

खेलमा बराहक्षेत्र फुटबल कल्बका तर्फबाट राष्ट्रिय टिमबाट राम्रो प्रदर्शन गरि गोल गर्न सफल प्रकाश बुढाथोकी १६ बर्ष मुनिको राष्ट्रिय टोलीमा आफ्नो खेल कौशल देखाएका रोमन गुरुङ , राष्ट्रिय स्थरका प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थ्रि स्टारका बिष्णु सुनार , संकटा फुटबल क्लबबाट गोल रक्षक बिनय श्रेष्ठ र अर्का संकटाको जर्सि लगाई सकेका बर्तमान राईले बराहक्षेत्र फुटबल क्लबको जर्सि लगाएर प्रथम बराह मेहर कपमा खेल कौशल देखाएको थिए ।

उक्त खेलमा बराहक्षेत्र फुटबल क्लबका तर्फबाट खेलको पहिलो हापको १२ मिनेटमा जर्सि नं १६ का खेलाडिले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउन सफल भएका थिए । खेलमा दोस्रो हाप तथा थपिएको समयमा पनि दुबै टिमबाट कुनै गोल नथपिए पछि खेलको नतिजा ० का बिरुद १ गोलले बराहक्षेत्रको पोल्टामा परेको थियो।

उक्त खेलमा उत्कुष्ठ प्रदर्शन गरेका आधारमा बक्लौरी फुटबल क्लबका जर्सी नं ७ का बुदिमान राई म्यान अफ द म्याज घोषित भएका थिए म्यान अफ द म्याच घोषित भए । राईलाई ३ नं का बडा अध्यक्ष रुदबहादुर दहालको हातबाट २ हजार ५ सय सहित ट्रफि प्रदान गर्नु भएको थियो।