गाउँमा बैंक खुल्दा स्थानीयमा खुसियाली - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गाउँमा बैंक खुल्दा स्थानीयमा खुसियाली



घनश्याम पौडेल
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाममा दर्जनांै बैंकहरु स्थापना भई कारोवार गरिरहेका छन् । सन्धिखर्कपछिको जिल्लाको दोस्रो बजार क्षेत्र भएको शितगंगा नगरपालिकाको ठाडामा स्थानीय तहको संरचना हुनुभन्दा पहिले नै बैंकहरुको स्थापना भएको थियो ।

ठाडामा राष्ट्रिय वाणिज्य बैंक, शाइन रेसुङ्गा डेभलपमेन्टलगायतका बैंकहरु स्थापना भएका छन्, शितगंगा नगरपालिकाका बासिन्दाहरु बैंकको काम गर्न सदरमुकाम सन्धिखर्क आउनु पर्दैन, बैंकहरुको सवै काम ठाडाबाट नै हुन्छ सुवर्णखालका चिरन्जीवी बेल्वासेले बताए ।

शितगंगा नगरपालिकामा हुने सरकारी योजनाका सवै काम यहिँबाट हुन्छ सन्धिखर्क जानुपर्दैन, नगरप्रमुख सूर्यप्रसाद अधिकारीले भने–‘ जनतालाई सहज हुनेगरी काम गर्दैछांै । छत्रदेव गाउँपालिकामा नेपाल बङ्गलादेश बैंकको स्थापना स्थानीय तहको निर्वाचनपछि भयो, छत्रदेवको छत्रगन्जमा बैंकको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले उद्घाटन गरे । बैंक खुलेसँगै सदरमुकाम जाने सवै सुविधा गाउँमै पाइने भयो भनेर स्थानीयमा खुसीयाली छायो ।
गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल भन्छन्– अहिलेसम्म गाउँपालिकाबाट हुने बैंकको काम गर्न सन्धिखर्क जानुपरेको थियो, अब राष्ट्र बैंकको स्वीकृत आएपछि यँहीबाट सवै काम हुन्छ, अब सन्धिखर्क धाइरहनु पर्दैन ।

पाणिनि गाउँपालिकाको पोखराथोकमा जनता बैंकको स्थापना भएको छ, खिदिम, पणेना, पोखराथोक, पटौटीलगायतका बासिन्दा बैंकको काम गर्न पोखराथोक जान्छन्, गाउँमा व्याज लगाउँदा पैसा नउठ्न सक्छ, गाउँको व्याजभन्दा बैंकमा सुरक्षित भएको महशुस हुन्छ, यहाँका बासिन्दाहरु भन्छन् । पाणिनि गाउँपालिकाका नायव सुव्वा रामकुमार भट्टराई भन्छन्– बैंकको काम गर्न अहिलेसम्म सन्धिखर्क नै जानुपरेको छ, पोखराथोकमा रहेको जनता बैंक दुर्गाफाँटमा ल्याउने गरी तयारी भएको छ, दुर्गाफाँट खुलेसँगै जनताबाटै काम हुन्छ ।
मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य भन्छन् –खनदहमा शाइन रेसुङ्गा बैंक स्थापना भएको छ, गाउँपालिकालाई काम गर्न मेगा बैंकको अनुमति छ, अहिले सन्धिखर्कको मेगा बैंकबाट गाउँपालिकाको काम भइरहेको छ, चैत्र सम्ममा गाउँपालिकामा नै बैंक सञ्चालनमा ल्याई कारोबार हुन्छ ।
जिल्लाका ६ स्थानीय तहमा बैंकहरु भएपनी भूमिकास्थानमा अहिलेसम्म कुनै बैंकको शाखा छैन, सन्धिखर्क नगरपालिकासँग नजिकै रहेको भूमिकास्थानमा सहकारीहरु भने सञ्चालनमा छन् ।

छत्रदेवको ठूलापोखरा, बल्कोट र सन्धिखर्कको वाङ्गला ग्लोवल आईएमई बैंकले शाखारहित कार्यालयको स्थापना गरी कारोवार गरिरहेको सन्धिखर्क शाखा प्रमुख सुष्मा गिरीले बताइन् ।
वाङ्गलाका ८६ वर्षीय बलाराम बन्जाडे ग्लोबल आईएमई शाखारहित सेवा खुल्दा हर्षित भए । सामाजिक सुरक्षा भत्ता लिन सन्धिखर्क जानुपर्नेमा घरको दैलोबाटै बुझ्न छिटो पाउने गरी वडा अध्यक्षको ध्यान जानुपर्छ, बन्जाडेले भने ।

वृद्धभत्ता बुझ्दै आइरहेका वाङ्गलाकै ७६ वर्षीय रेमलाल पाण्डे भन्छन् –सन्धिखर्क जाँदा कहिले गाडी पाइदैन, भत्ता लिन जान एकजना सहयोगी चाहिन्छ बैंक खुल्दा खुसी छु, केही समयपछि यहिँबाट भत्ता पाइन्छ उनले भने ।

हिंड्न नसकेर वृद्धभत्ता लिन नगएका टेकबहादुर रायमाझी गाउँमा बैंक आउँलान् भन्नी सोचिएको थिएन्, बैंक खुल्दा सबै वाङ्गलावासी अत्यन्तै हर्षित छांै, हिंड्न नसकेर बृद्धभत्ता लिनका लागि डोकामा बोकेर पनि सन्धिखर्क पुग्नुपर्छ, अब यहीँबाट वृद्धभत्ता दिने व्यवस्था छिटो मिलाइयोस् उनले भने ।

वाङ्गलाका वडा अध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ र राजेन्द्र भुसालले बैंक स्थापना भएसँगै अब वडाबाटै सामाजिक सुरक्षा भत्ता दिने विश्वास आमजनतालाई दिलाए । उनीहरुले बैंक र नगरपालिकासँग सहकार्य गरेर भत्ता वडाबाटै दिने व्यवस्था मिलाउने बताए । सन्धिखर्क नगरपालिकाको सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम आउनुपर्छ सवै वृद्धवृद्धाहरु । उनीहरु मात्र होइन भत्ता बुझन आउनेले एकजना सहयोगी पनि लिएर आउँछन् ।

वाङ्गलामा जस्तै जिल्लाका स्थानीय तह तथा गाउँ–गाउँमा बैंक, सहकारीहरु स्थापना भई पैसा बचत गर्ने, ऋण दिनेलगाएतका सेवा सुविधा बैंकहरुले दिन लागेपछि स्थानीयहरु हर्षित देखिन्छन् ।