महिला टी ट्वान्टी: भारतले बंगलादेशसँग हार्यो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

महिला टी ट्वान्टी: भारतले बंगलादेशसँग हार्यो



भारतलाई हराउँदै बंगलादेशले महिला टी ट्वान्टी एसिया कपको उपाधि जितेको छ।

मलेसियाको किनरारा एकेडेमीमा आइतबार भएको रोमाञ्चक फाइनलमा भारतलाई ३ विकेटले हराउँदै छैठौं पटक प्रतियोगिताको उपाधि जितेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। उसका लागि कप्तान हरमनप्रीत कौरले सर्वाधिक ५६ रन बनाए पनि अन्यले राम्रो रन बनाउन सकेनन्। बंगालदेशकी खादिजा र रुमानाले २-२ विकेट लिएका थिए।

११३ रनको लक्ष्य लिएर मैदान आएको बंगलादेशले अन्तिम बलमा २ रन बनाउँदै जित हात पारेको हो।

यसअघि राउण्ड रोबिन लिगमा पनि भारत बंगलादेशसँग ७ विकेटले पराजित भएको थियो।

बंगलादेशका लागि निगार सुल्तानाले २७, रूमाना अहमदले २३ रन बनाएका थिए। भारतका लागि पुनम यादवले ९ रन दिएर चार विकेट लिए पनि हार टार्न सकिनन्।