वामदेवलार्इ जाेगाउन सकेन वाम गठबन्धनले - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

वामदेवलार्इ जाेगाउन सकेन वाम गठबन्धनले



बर्दिया, मंसिर २४ । देशैभर वाम गठबन्धनले चुनाव जितिरहँदा उक्त गठबन्धनका सूत्रधार मध्येका एक नेता नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम चैँ पराजित हुन पुगेका छन् ।

बर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेका गौतम नेपाली कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका हुन् । सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमसँग ७ सय ५३ मत अन्तरले उनी पराजित भएका हुन् ।

सिचाइँ मन्त्री सन्जय गाैतमले ४४ हजार ८२९ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मत मात्रै ल्याउन सफल भए ।
उपाध्ययक्ष गौतमकै जोडबलमा पार्टी एकता गर्ने सहमतिका साथ वाम गठबन्धन सम्भव भएको थियो । उनकै जाेडबलमा बनेकाे गठबन्धनले देशैभर सफलता हासिल गरिरहँदा उपाध्यक्ष गाैतमलार्इ भने वाम गठबन्धन महङ्गाे साबित भएकाे छ ।