बाम गठबन्धनले जनताको मन जितेको हुनाले कांग्रेसलाई हराउन सफल भयौ : नेता नेपाल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बाम गठबन्धनले जनताको मन जितेको हुनाले कांग्रेसलाई हराउन सफल भयौ : नेता नेपाल



भर्खरै सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट संघिय प्रतिनिधी सभामा निर्वाचित सांसद तथा नेकपा एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माउन्टेन टिभीको खरो प्रश्नमा कुरा गर्दै पार्टीको निर्णयको कारणले काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको बताए।

काठमाडौं क्षेत्र नम्बर २ मा जित हासिल गर्नूको कारण बारे प्रष्ट पार्दै नेपालले भने-राष्ट्रियताको कोणबाट,लोकतन्त्र प्रति निष्ठावान,विकाश प्रेमी व्यक्ति, सामाजिक न्यायको पक्षपोषण र स्वच्छ छविका साथैं कसैसँग नडराउने निडर व्यक्ति भएकाले जनताले आफूलाई विश्वास गरेर जिताए।

नेपाली कांग्रेस सँग असन्तुष्ट रहेका जनता र एमाले-माओवादीको बाम गठबन्धन भएको कारण जनताले स्थायी सरकार चलाउनको लागी बाम गठबन्धनले जनताको मन जितेको हुनाले कांग्रेसलाई हराउन सफल भएको नेता नेपालले बताए।

नेता नेपालले अगाडी भने- घोषणापत्र हतार-हतारमा लेखिएको हुनाले घोषणापत्रमा लेखिए अनुसार तिन बर्ष भित्र काठमाडौंमा विधुतीय गाडी र पाँच बर्षमा मोनोरेल चलाउन सकिदैंन।