बल्ल देवी ज्ञवालीमाथि न्याय गर्यो नेकपाले - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बल्ल देवी ज्ञवालीमाथि न्याय गर्यो नेकपाले



चितवनको भरतपुर महानगरपालिकाको मेयरमा पराजित भएका तत्कालिन एमालेका नेता देवी ज्ञवालीले अन्ततः न्याय पाएका छन् ।

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) ले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । तत्कालिन एमालेका तर्फबाट शनिबार राति टुंगो लगाइएको केन्द्रीय सदस्यको सूचीमा ज्ञवालीको पनि नाम छ ।

भरतपुर महानगरपालिकाको मेयरमा चुनावमा उनीलाई अन्याय गराएर हराएको आरोप लाग्दै आएको छ । स्थानीय चुनावमा उठेकालाई संसदीय चुनावमा टिकट नदिने नीति पार्टीले ल्याएपछि उनका लागि सांसद बन्ने बाटो पनि बन्द भएको थियो ।