सामूहिक बलात्कार प्रकरणः इन्स्पेक्टर पनि निलम्बन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सामूहिक बलात्कार प्रकरणः इन्स्पेक्टर पनि निलम्बन



कान्तिपुर :-

काठमाडौं – सामूहिक बलात्कार घटना गुपचुप मिलाउन खोज्ने महानगरीय प्रहरी वृत्त, दरबारमार्गको मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मण ठकुरी निलम्बनमा परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले शुक्रबार ठकुरीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको छ ।

यसअघि त्यही घटना आर्थिक प्रलोभनमा परेर गुपचुप पार्न खोजेको आरोपमा मुद्दा शाखाकै सई चन्द्र भण्डारी पनि निलम्बनमा परिसकेका छन् । ठकुरीलाई भने बुधबारै अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । स्रोतका अनुसार उनीसूग बयान लिन सुरु गरिसकिएको छ । ठकुरीले सुरुवाती बयानमा युवतीमाथि नै दोष थोपरेका छन् ।

दरबारमार्गकै एक होटलमा सामूहिक बलात्कारमा परेकी युवतीसूग बिहीबार परिसरले बयान लिएको थियो । त्यसक्रममा युवतीले त्यस्तो कुनै घटना नभएको भन्दै बयान फेरेकी थिइन् । जबकि ।मेडिकल रिपोर्ट’ का क्रममा दिएको लिखित बयानमा उनले चारजनाले बलात्कार गरेको र आफूलाई नग्न बनाएर भिडियोसमेत खिचेको बताएकी छन् ।

आरोपित पक्षको दबाबका कारण युवतीले बयान फेरेको हुनसक्ने भन्दै प्रहरीले बिहीबारदेखि उनलाई गोप्य सेल्टरमा राखी मनोपरामर्श दिइरहेको छ ।