सातामा चार बलात्कार ! यस्तो छ कारण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सातामा चार बलात्कार ! यस्तो छ कारण



बर्दिया – बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार दुइजनालाई पक्राउ गरेको छ ।

गुलरिया ६ बस्ने इब्राहिम मनियार र बारबर्दिया नगरपालिका बनियाभारका नरबहादुर घिमिरेलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गरलरिया र बनियाभारका अझै दुइृवटा बलात्कारका घटनाबारे उजुरी दिने पीडित पक्षको तयारी छ । आजको नागरिक दैनिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, गत शनिबारयता बर्दियाका विभिन्न ठाउँमा बलात्कारका चारवटा मुद्दा दर्ता भएको र दुईवटा मुद्दा दर्ता प्रक्रियामा रहेको प्रहरीके भनाइ छ ।

माया प्रेममा धोका, मदिरा सेवन र सामाजिक सञ्जालको दुरुपयोगले बलात्कारका घटना बढेको प्रहरीको विश्लेषण छ ।