बाक्लो हुस्सु र कुहिरोले धनगढी विमानस्थलबाट हवाई उडानमा प्रभावित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बाक्लो हुस्सु र कुहिरोले धनगढी विमानस्थलबाट हवाई उडानमा प्रभावित



धनगढी ।। केही दिन अघि देखि लगातार  लागेको बाक्लो हुस्सु र कुहिरोका कारण धनगढी विमानस्थलबाट उडान हुने हवाईसेवा तीन दिनदेखि प्रभावित भएको छ ।

बाक्लो हुस्सु र चिसोको कारण ‘भिजिबिलिटी’मा समस्या आएकाले उडान सेवा प्रभावित हुँदै आएको हो । सामान्य अवस्थामा धनगढी विमानस्थलबाट दैनिक ५० देखि ७२ सिट क्षमताका पाचवटा जहाजले सेवा दिदै आएका थिए । उडान प्रभावित हुुँदा  यात्रु गन्तव्यसम्म जान सकेका छैनन् । आकस्मिक कार्यका लागि हवाई सेवा प्रयोग गर्ने अधिकांश यात्रु झन बढी समस्यामा परेका छन् । टाढा टाढाबाट हवाई यात्राका लागि धनगढी विमानस्थल पुगेका यात्रु फर्किने गरेका छन् ।

बाक्लो हुस्सुका कारण पुस महिनाको हालसम्म ७ वटा उडान सेवा रद्द गरिएका छन् । अहिले बुद्ध, सौर्य, श्री एयरलाईन्स र नेपाल एयरलाईन्सका गरी काडमाण्डौं–धनगढी–काठमाडौ दैनिक पाच उडान छन् । श्री एयरलाइन्सले बिहान र बेलुकी गरी दैनिक दुईवटा उडान भर्दै आएका छ । तर, सामान्य तुवालो लागेका बेला पनि धावनमार्गमा अवतरणका लागि असहजता हुने भएकाले हिउँदका बेला दैनिक जसो उडानहरु रद्द हुुँदै  आएका बिमानस्थलका प्रमुख छविसिंह ठकुल्लाले बताउनुभयो । सामान्य अवस्थामा एक दिनमा २ सयदेखि ३ सयसम्म यात्रु धनगढीबाट काठमाडौं जाने र त्यतिकै संख्यामा काठमाडौंबाट धनगढी आउने गरेका भएपनि लगातारको हुस्सुका कारण यात्रुलाई निकै सास्ती भएको उहाले बताउनुभयो । phulbarikhabar को सहयोगमा