बझाङ जिल्लामा जिप दुर्घटना,तीनको मृत्यु, ५ घाइते - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बझाङ जिल्लामा जिप दुर्घटना,तीनको मृत्यु, ५ घाइते



बझाङ । जिल्लाको छविस पाथिभेरा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित एक दम्पतिको मृत्यु भएको छ ।

बुधबार भाँडेबगरबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जिप छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ को नेटाखान भन्ने ठाउँमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा जीप चालक लाल बहादुर भण्डारी, यात्रु ४५ वर्षीया वीरेन्द्रबहादुर सिहं र उनकी ३८ वर्षीया पत्नी जलादेवी सिहं छन् ।

जिपमा ८ यात्रु सवार रहेका थिए । दुर्घटनामा छविसपाथीभेरा गाउँपालिकाका अन्य ५ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।फाईल तस्बिर