सुन प्रकारण : बाजेकाे शेकुवामा छापा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सुन प्रकारण : बाजेकाे शेकुवामा छापा



काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित सरकारी समितिले काठमाडौं उपत्यकामा सञ्चालित बाजेको सेकुवाका ६ वटा आउटलेटमा छापा हानेको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले बुधबार दिउँसो बाजेको सेकुवामा छापा हानेको हो । सुन तस्करीका एक अभियुक्त चेतनाथ भण्डारी र उनको परिवारले सञ्चालन गरेका ६ वटै आउटलेट शिल गर्ने काम भइरहेको समितिका संयोजक पौडेलले जानकारी दिए ।

सेकुवाका ग्राहकलाई बाहिर निकालेर छापा हानिएको थियो । समितिले मोरङ जिल्ला अदालतको आदेशमा छापा हानेको हो । छापा हानेर कुनै सामान बरामद भने गरिएको छैन ।

बाजेको सेकुवाका देशर १३ वटा आउटलेट छन् । तीमध्ये ५ वटा भण्डारी आफ्नै र एउटा उनको सालाको नाममा रहेको अनसुन्धान समितिले जनाएको छ ।

बाँकी ७ वटा भने बाजेको सेकुवा ब्रान्डमा अरुले नै चलाएका हुन् । भण्डारी र सालाको नाममा रहेका बत्तिसपुतली, सोह्रखुट्टे, सामाखुसी, कमलपोखरी, गैरीधारा र अनामनगरका आउटलेट शिल गरिने र अन्यलाई बोलाएर ब्राण्ड परिवर्तन गर्न लगाइने संयोजक पौडेलेल जानकारी दिए ।