बैँस आको छोरीलाई जोगाउन गाह्रो ....(भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बैँस आको छोरीलाई जोगाउन गाह्रो ….(भिडियो सहित)



नेपाली लोक दोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका  लोक दोहोरी गायक नवीन पौडेलले पछिल्लो गीत  बैँस आको छोरीलाई  बोलको गीत बजारमा ल्याएका छन् । समाजका विकृति बिसङ्गती कुरितिहरुलाइ जस्ताको तस्तै गीतमा उतार्न सफल  गायक पौडेल स्टेजमा धुम मच्चाउन सिपालु छन्। नेपालमा मात्र होइन जापान, दुबई, बङ्गलादेश लगायत धेरै ठाउँमा गएर श्रोता तथा दर्शकको मन जितिसकेका छन् उनि ।

गायक पौडेलले यस अघि के सम्झनु छ र जान्न मत त्यो घर ,रातो डोरि कपाल लर्केको ,सत्य खान्छु कसम आजै भेट भएको बटौली आको म परेँ पाल्पाको,श्रीनगर बतासे डाडैमा,यस्तै हुन्छ भन्नेभा लाउने थिइन माया ,बुढिकन्या बन्नेभा, हरेक जातजाती छौँ नानाथरी,बुलाकी लाउदिनौ झुम्काना लाउदिनौ ,ए हजुर सुन्नुभाछ र
सत्यकुरा बोल्छु ,नेपालमा आम्दानी राजनीतिमा रैछ, यही वर्ष भित्रमा नयाँ पार्टी खोल्छु, दुखका दिन गए लगायतका दर्जनौ गीतहरुले बजारमा अमिट छाप छोडिसकेका छन्।

बैँस आकी छोरीमा नवीन पौडेलको लय शब्द अनि स्वर रहेको छ भने  पुर्णकला बिसि र भूमिका शाहले स्वरमा साथ दिएका छन्। यसमा चर्चित हास्य कलाकार शिबहरी पौडेलको जीवन्त अभिनय हेर्न सकिन्छ। आमाको भूमिकामा रेखा थापा र छोरीको भूमिकामा टीका जैशिले साथ दिएका छन्। यो गीतलाई रक्षा म्युजिकलेबजारमा ल्याएको हो । गीतलाई श्रोता तथा दर्शकको मायाले नै आफूलाई आजको स्थानमा ल्याई पुर्याएको नवीनले बताएका छन् । आगामी दिनमा समाजमा भएका यथार्थपरक घटनालाई लिएर गीत गाउने उनको भनाई छ ।

https://youtu.be/91ZrKJkG-xU