बुर्तिबाङमा प्रहरीद्धारा ५५ लिटर घरेलु मदिरासहित ६ सय लिटर कच्चा पदार्थ बरामद - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बुर्तिबाङमा प्रहरीद्धारा ५५ लिटर घरेलु मदिरासहित ६ सय लिटर कच्चा पदार्थ बरामद



बागलुङ, ६ असोज । ईलाका प्रहरी कार्यलय बुर्तिबाङले हिन्दु नेपालीहरुको महान पर्व विजया दशमीको शान्ती सुरक्षालाई मध्यनजर गर्दै आज देखी अबैध घरेलु मदिरा नियन्त्रण अभियान थालेको छ ।
विजया दशमी नजिकिदै जाँदा मदिरा सेवनले अपराधीक घटनाहरु हुन सक्ने भन्दै शान्ती सुरक्षालाई मजबुत बनाउन बुर्तिबाङ लगायतका आसपासका क्षेत्रमा ईलाका प्रहरी कार्यलय बुर्तिबाङले अवैध घरेलु मदिरा उत्पादन, ओसारपसार र विक्रिवितरण नियन्त्रण अभियान थालेको हो ।
अभियानको क्रममा आज ढोरपाटन नगरपालिका– १ बुर्तिबाङ बजारबाट ५५ लिटर घरेलु मदिरा सहित ६ सय लिटर कच्चा पदार्थ र १ सय ७० केजी मर्चा बरामद गरिएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी प्रमुख कृष्ण रानाले बताउनुभएको छ । प्रहरीको टोलीले बुर्तिबाङ स्थीत रिभरहेड देखी बजार एरियामा अनुगमनको क्रममा उक्त मदिराजन्य पदार्थ बरामद गरिएको जनाएको छ ।
बरामद गरिएको उक्त मदिरा सहित कच्चा पदार्थ भोली स्थानिय र पत्रकारहरुको रोहबरमा नष्ट गरिने प्रहरी प्रमुख रानाको भनाई रहको छ । विशेष गरि चाड पर्वमा मदिरा सेवन गरि घरेलु तथा लैंगिक हिंसा, सडक दुर्घटना, विभिन्न किसिमका झैझगडा हुने भन्दै उक्त अभियान सञ्चालन गरिएको प्रहरी प्रमुख रानाको भनाई रहेको छ ।
अबैध रुपमा उत्पादन गरिने मदिराजनस्वास्थ्यमा असरहरुको कारक बनेको साथै अपराधका घटनाहरु बढ्दै गएको भन्दै ईलाका प्रहरी कार्यलय बुर्तिबाङले निरन्तर रुपमा अबैध घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ ।