अर्घाखाँचीमा रोकिएन बाघको आक्रमण, एउटै बालिकालाई २ पटक आक्रमण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अर्घाखाँचीमा रोकिएन बाघको आक्रमण, एउटै बालिकालाई २ पटक आक्रमण



कमल बिष्ट /अर्घाखाँची, मंसिर ९-

अर्घाखाँची जिल्लाको सदरमुकाम छेउछाउकै बस्तिमा बिगतका केही बर्ष देखि बालबालिका माथी नरभक्षी बाघको आक्रमण निरन्तर जारी रहेको छ ।

आज पुनः जिल्लाको सदरमुकाम नजिकै सन्धिखर्क वडा नं. २, कुर निबासी बर्ष ४ कि मधु दमासेको छोरी परि दमासे लाई साँझ बाघले आक्रमण गरेको छ ।

हजुरआमाले मेलाबाट काखमा बोकेर ल्याएको बखत ढुकेर बसेको बाघले एक्कासि आक्रमण गरेको थियो ।बालिकाको घाँटिमा गहिरो चोट लागेको छ ।सो बच्चालाई डेढ बर्ष पहिले पनि आक्रमण गरि गम्भीर घाइते बनाएको थियो । निजको उपचार पछि निको भएको थियो मावलि घर बसेकी बालिका को उमेर साढे चार बर्ष भएको बुझिएको छ ।

घाँटिमा बाघको नग्रा गहिरो गरि गाडेको र अत्यधिक रगत बगेकोले बालिकाको अवस्था अलि गम्भीर भएको जिल्ला अस्पतालका डाक्टर ले बताउनु भएको छ ।तर समयमै अस्पताल पुर्‍याउन सकिए स्वास्थ्यमा सुधार पनि हुनसक्ने डाक्टरको भनाई छ ।

बालिकाको जिल्ला अस्पतालमा उपचार पछि थप उपचारको निम्ति मेडिकल कलेज भैरहवा पठाइएको छ, स्थानीय प्रशासन र स्थानीय बासिले बाघले आक्रमण गरेपछि केहिदिन बाघको खोजतलास गर्ने अनि सामान्य भएपछि खोजिकार्य सुस्ताउने र त्यही मौकामा बाघले पुनः आक्रमण गर्ने क्रमले दर्जनौ बालबालिकाको ज्यान गैसकेको छ ।

जिल्ला प्रशासनले केहिदिन पहिले पनि चितवन बाट बाघ समाउने भन्दै स्पेसल बिज्ञ टोलि मगाएपनी उक्त बाघ समाउन सफलता मिलेको थिएन ।