बद्रि पंगेनीले गगन थापालाई गित मार्फत फटाहा भनेपछि .... - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बद्रि पंगेनीले गगन थापालाई गित मार्फत फटाहा भनेपछि ….



काठमाडौं/कात्तिक २३ 

गायक  बद्रि पंगेनीले गगन थापालाई घुमाउरो भाषामा गित मार्फत जनता ठग्ने फटाहा भनेका छन् ।

“आयो आयो राजन दाइ आयो, जनता ठग्ने फटाहा छेउ लाग्यो विकास गर्न आश्वासन बाँड्ने जति नि पाइन्छ, ४ न. क्षेत्रको विकास गर्न राजन नै चाहिन्छ”

बिहिबार बिहान चाबहिलको ए–वान पार्टी प्यालेसमा लोक गायक बद्री पंगेनीले काठमाडौं–४ का वाम उम्मेद्वार डा. राजन भट्टराईमाथि यो गीत गाए । उनकै भाषामा आयोजक एमाले राजधानी मजदुर बिशेष इलाका–४ ले उनलाई निम्ता दिएको थिएन ।

राजन भट्टराईलाई सल्लाह दिदै उनले भने, ‘गगन थापाको भाषणको पछि नलाग्नुहोस् । के के भाषण गर्नुहोला । तपाईं आफ्नो प्रचारमा लाग्नुहोस्’ गायक पंगेनीले भने– ‘तपाईलाई मेरो शुभकामना छ । तपार्इंले निर्वाचन जितेर क्षेत्र र देशको बिकास गर्नुपर्छ ।

त्यहाँ श्रमिक भेला आयोजना गरिएको थियो, जसका प्रमुख अतिथि थिए एमाले अध्यक्ष केपी शर्मा ओली । ओली कार्यक्रममा आइनपुग्दै गायक पंगेनी भने देशको बिकास र समृद्धिका लागि वाम उम्मेद्वारलाई जिताउन आग्रद गर्दै थिए । एमालेमाथि विश्वास रहेको भन्दै त्यसको आधार भनेको केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका काम भएको उनले वताए ।

‘मलाई आयोजकले बोलाउनु भएको होइन । मैले यो कार्यक्रम थाहा पाएँ । डा. राजन भट्टराई दाइलाई जिताउनुपर्छ भनेर नबोलाए पनि आएको हुँ’ सरप्राइज प्रवेशको सुरुमै उनले भने ।

राजनलाई किन जिताउने ? आफैं प्रश्न राख्दै पंगेनीले जवाफ दिए –‘उहाँ भिजन भएको, राष्ट्रिय अन्तर्राष्ट्रिय छवी भएको व्यक्ति हुनुहुन्छ । उहाँ काठमाडौं खाल्डोमा मात्र बस्नुभएको छैन, देशविदेश सबैतिरका विकासको अध्ययन गर्नुुभएको छ ।’

स्थानीय निर्वाचनमा ‘मै पनि एमाले, सैं पनि एमाले’ शीर्षकको चर्चित चुनावी गीत ल्याएर प्रशंसा बटुलेका उनले प्रदेशसभा र प्रतिनिधिसभाका लागि समेत गीत गाएका छन् ।

आफू एमाले नभएको र आफूलाई केही नचाहिएको तर २०५१ सालदेखि नै एमालेकै गीत गाउँदै आएको प्रसंग स्झिक्दै गायक पंगेनीले भने, ‘मलाई व्यक्तिगत केही चाहिएको छैन, मलाई देशमा स्थायित्व, विकास र समृद्धि चाहिएको छ । एमालेले नेतृत्व गरेको वाम शक्तिले नेपाललाई स्थायित्व दिने विश्वास मेरो छ ।’

उनले वाम उम्मेद्वारहरुलाई अत्यधिक बहुमतका साथ विजयी गराउन सकेमा मात्र मुलुकले स्थायी सरकार पाउने भन्दै त्यसका लागि आव्हान गरे । उनले राजन भट्टराई सक्षम, योग्य र बौद्धिक व्यक्तित्व भएको भन्दै निर्वाचन अभियानमा जाँदा आफ्नो प्रचारमा लाग्न पार्टीको नीति, कार्यक्रम र दृष्टिकोणका साथ मत माग्न सुझाव दिए ।

कार्यक्रममा नेपालको सबैभन्दा पुरानो पार्टी प्रजा परिषद् एमालेमा समाहित भएको थियो भने कांगेस, राप्रपा, राजपा र संघीय समाजवादी फोरम छाडी करिव २ सय एमाले प्रवेश गरेका थिए । प्रवेशीलाई एमाले अध्यक्ष ओलीले अबिर र मालाले स्वागत गरेका थिए