ठेकेदारहरुलाई भेटेरै बादलले भने: सच्चिनुहोस, नत्र जेल जान तयार हुनुहोस ! - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

ठेकेदारहरुलाई भेटेरै बादलले भने: सच्चिनुहोस, नत्र जेल जान तयार हुनुहोस !



काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले ठेकेदारलाई सच्चिन आग्रह गरेका छन् । उनले सच्चिन मात्र होइन नसच्चिए जेल जान पनि तयार रहन भनेकाछन् ।

ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने भन्दै उनले अगाडी भने  ‘ विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस् । यो सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन ।’

गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएका नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डलाई बादलले विगतका कमजोरीलाई यस्तो चेतावनी दिएका हुन् ।

निर्माण व्यवसायीले गृहमन्त्रालयले ठेकेदारहरुलाई पक्राउ गर्न तयारी गरेको भनि आएको समाचारप्रति आफुहरुको ध्यानाकर्षण भएको भन्दै सो कार्य नगर्न गृहमन्त्रीसँग आग्रह गरेका थिए ।

निर्माण व्यवसायीहरुले कर्मचारीहरुलाई हरेक कामका लागि घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने गुनासो गरे।

। मन्त्री बादलले भने, ‘‘ कुन कर्मचारीले घुस माग्छ, कुन ईञ्जिनियरले घुस माग्छ त्यसको सूचना हामीलाई दिनुहोस । उनिहरुलाई तत्कालै जेल हाल्छौं ।’ उनले कुनै कर्मचारीले नियतबस फाईल अड्काएर राखे उनिहरुलाई पनि कारवाही गरिने बताए।