गृहमन्त्री थापा र प्रचण्ड बीच खटपट सुरु - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

गृहमन्त्री थापा र प्रचण्ड बीच खटपट सुरु



काठमाडौं। नेकपाका अध्यक्ष र वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापा बादलबीच अहिले खटपट सुरु भएको छ ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले आफूलाई सहयोग नगरेको भन्दै गृहमन्त्री बादल यतिवेला रुष्ट बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्री बनाउन प्रचण्डले सहयोग नगरेको बादलको गुनासो छ ।

सरकारमा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री उपेन्द्र यादव उपप्रधानमन्त्री छन् । तर, आफूलाई पनि उपप्रधानमन्त्री बनाउनुपर्ने माँग बादलको छ ।

अध्यक्ष प्रचण्डले यसमा सहयोग पुर्याएको भए यसमा आफू सफल हुने बादलको विश्वास थियो । तर, प्रचण्डले बादललाई भित्री रुपमा सहयोग नै गर्न नचाहेको पनि स्रोतको दाबी छ ।

अहिले यही विषयलाई लिएर दुई नेताबीच त्यति राम्रो सम्बन्ध नरहेको स्रोतको दाबी छ । त्यतिमात्रै नभएर अध्यक्ष प्रचण्डले बादललाई एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपामा समेत कुनै महत्वपूर्ण जिम्मेवारी दिएनन् । यसमा पनि बादल प्रचण्डसँग रुष्ट छन् ।