ठेकेदार प्रकरण: बादल र महासेठबीच विवाद बढ्यो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ठेकेदार प्रकरण: बादल र महासेठबीच विवाद बढ्यो



गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया बढाएका बेला भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन् ।

मन्त्री महासेठले आईतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने प्रतिबद्धता मात्रै जनाएन, पक्राउ परेमा छुटाउने आशयको अभिब्यक्तिसमेत दिएका छन् ।

यसरी कामचोर ठेकेदार लाई कारवाही गर्ने विषयमा गृह र तालुक मन्त्रालयको कमान्ड समालेका दुई मन्त्रीबीच मतभेद देखिएको खबर आजको नागरिक दैनिकले लेखेको छ ।

नागरिक दैनिकको समाचार अनुसार काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने गृहको चेतावनीविपरित गई तालुक मन्त्रालयका मन्त्री महासेठले व्यवसायीलाई पक्राउ पर्नबाट जोगाउने प्रतिबद्धता जनाउँदै विरोधाभासपुर्ण टिप्पणी गरेका हुन् ।