बच्चाको दुधे दाँत फेरिन्छ भनेर बेवास्ता गर्दा गम्भीर समस्या - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बच्चाको दुधे दाँत फेरिन्छ भनेर बेवास्ता गर्दा गम्भीर समस्या



नेपालीहरुमा दाँत तथा मुख स्वास्थ्यको समस्या बढ्दो छ । विशेषगरी ससना बालबालिकाहरु यस समस्याबाट पीडित छन् । बच्चाबेलामा उनीहरुको दन्त स्वास्थ्यमा ध्यान नदिँदा प्रायः बालबालिकाहरुको दाँत किराले खाने र गिजामा समेत समस्या भएको देखिन्छ ।

बालबालिकाहरुमा भर्खरै पलाएको दाँत पछि फेरिन्छ भनेर अभिभावकहरुले उनीहरुको दुधे दाँतलाई वेवास्ता गर्दा पछि नराम्रोसँग दाँत दुखाइको पीडा खप्नुपर्ने हुन्छ । अतः बच्चाहरुको दाँत उम्रिन शुरु भएदेखि नै उनीहरुको दाँतको हेरचाह थाल्नुपर्छ । बच्चाहरुको दाँत किराले खाने समस्यालाई डेन्टल केरिज भनिन्छ । दाँत सफा गर्नको लागि गिजा र हड्डीको महत्वपूर्ण भूमिका रहन्छ ।

गिजा र हड्डीमा लाग्ने रोगलाई जिन्जिभाइटिस् र पेरियोडन्टाइटिस् भनिन्छ ।

के हो दाँतमा लाग्ने डेन्टल केरिज 

डेन्टर केरिज भनेको दाँतमा लाग्ने एक प्रकारको रोग हो । १२  र १३ वर्षको उमेरका बच्चामा यो समस्या बढी देखिने गर्छ । दाँत सफा नगर्दा, वा मुख स्वास्थमा ध्यान नदिँदा यस्तो समस्या हुन्छ ।

डेन्टर केरिजका लक्षणहरु :

दाँत दुख्नु ।

दाँतको रंगमा परिवर्तन आउनु ।

दाँत सिरसिर हुनु ।

खाना खाँदा दाँतको माथि वा दुबै भागमा अड्किनु ।

दाँत टुक्रदै जानु ।

गिजा वरीपरीको भाग सुन्निनु ।

खाना अप्ठ्यारो हुनु ।

बच्ने उपाय :

दाँतको सरसफाईमा विशेष ध्यान दिने ।

मूख्यतया सानो उमेरबाटै दाँतमा समस्या हुन शुरु गर्छ ।

बच्चाहरुलाई दाँत किराले खाने बारेमा ध्यान नै हुँदैन ।

गुलियो चक्लेट , बिस्कुट लगायतका जंक फुडहरु बढी खाने तर खाइसकेपछि दाँत सफा नगर्दा यस्तो समस्या देखिन्छ ।

कम्तीमा वर्षको एक पटक दन्त चिकित्सकसँग जाँच गराउँने बानी गर्नुपर्छ ।बच्चाको दाँत स्वस्थ राख्न अभिभावकको भूमिका साना बच्चाहरुको दाँत किराले खाएपनि पछि अर्को दाँत पलाउँछ भन्ने अभिभावकको धारणा हुन्छ । यसले गर्दा बच्चाहरुको दाँतमा समस्या हुने गर्छ । सानो उमेरदेखि नै बच्चाहरुको दाँतलाई स्वस्थ राख्न सकेमा पछि जटिल समस्या आउँदैनन् ।

खाना खाँदा उनीहरुलाई नियमित रुपमा ब्रस गर्न लगाउनुका साथै दाँत सही रुपमा सफा गर्ने तरिका समेत सिकाउनुपर्छ । धेरैजसो बच्चा ६ महिनाको भएपछि दुधे दाँत आउने क्रम शुरु हुने भएकाले दाँत टुसाउन लागेदेखी नै त्यसको सरसफाइमा ध्यान दिन सकेमा ठूलो भएपछि दाँतमा आउने समस्या धेरै हदसम्म कम हुन सक्दछ ।

बच्चा ६ महिनाको भएपछि खाना खान शुरु गर्ने भएकाले पनि त्यसपछिको अवस्थामा सरसफाईमा निकै ध्ययान दिनुपर्ने हुन्छ । दन्त चिकित्सक डा। जोशी भन्छन्, ‘बच्चाको दाँत टुसाउन शुरुगरेपछि आमाको दुध चुसाउदै पटक पानी पियाइदिने गरेमा दाँतको समस्या देखिन पाउँदैन् । आमाको दुध खुवाएर,वा चकलेट तथा खानेकुरा खाएपछि बच्चालाई त्यतिकै सुताउँदा दाँतको संक्रमण बढ्ने गर्दछ । त्यसकारण आमाको दुध खुवाएपछि  पनि प्रत्येक पटक पानी खुवाउने गर्नु उत्तम हुन्छ ।’

खाना खाएपछि मुखलाई नियमित सफा गर्न, नुनपानीले कुल्ला गर्न र नियमित जांच  गरी स्वस्थ रहन चिकित्सकहरुको सुझाव छ । समयमै दन्त स्वास्थ्यमा ध्यान नदिँदा मुख र गिजामा गम्भीर रोगहरु लाग्न सक्छ ।

डा.एञ्जिला गजुरेल, दन्त चिकित्सक, हिमाल डेन्टल चाबहिल

हाम्रो डाक्टरबाट