दुई वर्षीय छोराको हत्या गरेपछि .... - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दुई वर्षीय छोराको हत्या गरेपछि ….



वीरगञ्ज, १३ भदौ- 

आफूमाथि चोरीको आरोप लागेपछि एक यूवतीले त्यसको रिसइवी साँध्न दुई बर्षीय नाबालकको हत्या गरेकी छन् ।

नाबालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २० बर्षीया हसबुन खातुनलाई पक्राउ गरेको छ ।

खातुनले रौतहटछको गाढीमाई नगरपालिका ७ का आबिद अन्सारीका छोरा २ बर्षीय रेआल अन्सारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

-रेआल आमा रुबिना खातुनसँग बाराको सिम्रौनगढीस्थित मावलीमा बस्दै आएका थिए ।

-आइतबार बिहान ११ बजेदेखि मावलीबाट बेपत्ता भएका रेआल राति साढे ८ बजेतिर छिमेकी रुबैदा खातुनको घरमा मृत भेटिएका थिए ।

-रुबिनासँग झगडा हुँदै आएको र त्यही रिसइबी साँध्न हसबुनले रेआलको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।