प्रचण्डलाई बाबुरामको जवाफ: गर्मीले पानी सुक्नसक्छ कमरेड ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रचण्डलाई बाबुरामको जवाफ: गर्मीले पानी सुक्नसक्छ कमरेड !



नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द वाण प्रहार गरेका छन् । पार्टी एकता हाईड्रज बम जस्तै कहिल्यै नफुट्ने बताएका प्रचण्डलाई बाबुरामले जवाफ फर्काएका हुन् ।

सामाजिक सञ्जाल मार्फत बाबुरामले प्रचण्डलाई लक्षित गर्दै भनेका छन्, ‘प्रचण्डजीले एमाले+माके=नेकपा लाई H2+O=Water संग तुलना गर्दै एकता कहिल्यै नटुट्ने कुरा गर्नुभएछ । हाम्रो पनि तथास्तु ! तर हेक्का रहोस् गर्मीले पानी सुक्नसक्छ !त्यस्तै पानीमा विद्युतीय करेण्ट लगाए Electrolysis भएर हाइड्रोजन र अक्सिजन छुट्टिन सक्छ!कामना छ कुनै भित्री/बाहिरी करेन्ट नलागोस् !’

पार्टी एकता कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘पानीभित्र हाइड्रोडन र अक्सिजन छुट्याउन खोजेर पाइँदैन । अब यो कम्युनिष्ट पार्टीमा एमाले र माओवादी खोजेर पाइँदैन । आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर हामी गयौँ भने यो यस्तो तागत बन्नेवाला छ जनतालाई चाहिएको समृद्धि र विकास दिने छ । योसँगै आत्मासम्मान दिने कुरामा पनि हामी लागेका छौँ । नेपाली भएर बाँच्नु र काम गर्नुको गौरव यसले प्रदान गर्ने छ । यसको मूल्यांकन इतिहासमा धेरै परसम्म गर्दै जान्छ ।’