बाबुरामको हिसिलालाई शुभकामना, सहकार्य र सहवासको कुरा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बाबुरामको हिसिलालाई शुभकामना, सहकार्य र सहवासको कुरा



नयाँ शक्ति नेपालका संयोजत डा. बाबुराम भट्टराईकी जीवन साथी हिसिला यामीको जन्मदिनको अवसरमा गज्जबको शुभकामना दिएका छन् ।

६० औ जन्मदिनको उपलक्ष्यमा भट्टराई हिसिलालाई आफ्नो फेसबुक वालमा शुभकामना दिदैं लेखेका छन् ”४० बर्षको मेरो तिमीसंगको सहकार्य र सहवासको अनुभवले भन्छ, तिमी हाम्रो समय भन्दा अलिक पहिले जन्मेकी एक अद्भूत महिला हौ ! ”

कतिपयले खराब नियतवश र कतिपयले हल्लैहल्लामा तिम्रो वदनाम गर्ने कोशिस गरे पनि अन्ततः इतिहासले तिमीलाई महिलामुक्ति र समग्र मानवजातिको मुक्तिकानिम्ति आफ्नो जीवन समर्पित गर्ने एक महान् महिलाको रूपमा स्थापित गर्नेछ भन्दै भट्टराईले आफ्नी अर्धाङ्गिनीलाई शुभकामना दिएका छन् ।

हिसिला जस्तो जीवनसाथी पाएकोमा आफू गौरवान्वित भएको कुरा बताउँदै भोलटेयरले आफ्नी प्रेमिकावारे बारे भनेको उद्धरण सापट लिएर भट्टराईले हिसिलाको बारेमा ”तिमी माक्र्स बुझौं र मलाई खुशी बनाउँछौं” भन्ने शुभकामना दिएका छन् ।