सेन्सर बोर्डद्वारा ‘बेबी आई लभ यु’ लाई पिजी प्रमाण पत्र - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सेन्सर बोर्डद्वारा ‘बेबी आई लभ यु’ लाई पिजी प्रमाण पत्र



जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेबी आई लभ यु’ सेन्सर पास भएको छ ।

यो फिल्मलाई सेन्सर बोर्डले पिजी अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ । जनक पाण्डे निर्देशित फिल्म बेबी आइ लभ यु मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ ।

सन्तोष र पूजासँगै बेबी आइ लभ यु मा अभिनेता सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेसम बुढाथोकी, अप्सन पन्थी लगायतको अभिनय छ । सुरज आचार्यको सिनेम्याटोग्राफी रहेको फिल्मको कथा अभिनेता खड्का आफैँले लेखेका हुन् ।

लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित उक्त फिल्ममा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् ।