अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट जित्दै भारत फेरि विश्व वरियताको शीर्ष स्थानमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट जित्दै भारत फेरि विश्व वरियताको शीर्ष स्थानमा



काठमाडौं, असोज १६ ।

अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट शृंङ्खला जित्दै भारत फेरि विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ ।

अष्ट्रेलियाविरुद्धको पाँचौ तथा अन्तिम एकदिवसीय खेल ७ विकेटले जित्दै भारतले शृङ्खला ४–१ ले आफ्नो पक्षमा पारेको हो ।

अन्तिम खेलमा अष्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य भारतले ४२ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतका रोहित शर्माले १ सय २५, अजिन्क्या रहानेले ६५ तथा विराट कोहलीले ३९ रन बनाए ।

नागपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ९ विकेट गुमाएर २ सय ४२ रन मात्रै बनाएको थियो ।

उसका लागि डेभिड वार्नरले ५३, मार्कस स्टोइनिसले ४५ तथा ट्राभिस हेडले ४२ रन बनाए ।

भारतका अक्षर पटेलले तीन तथा जस्प्रित बमराहले दुई विकेट लिएका थिए । भारत भ्रमणमा रहेको अष्ट्रेलियाले ३ वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल पनि खेल्ने छ ।