१८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोलीको घोषणा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

१८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोलीको घोषणा



काठमाडौं । एन्फाले १८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । इण्डोनेसियामा हुने एसियन गेम्सका लागि नेपाली फुटबल टिमको घोषणा भएको हो ।

२० सदस्यीय नेपाली टोलीमा तीन सिनियर खेलाडीहरु क्रमशः किरण लिम्बु, रोहित चन्द र भरत खवास छन् । त्यस्तै गोलकिपरका रुपमा एलन न्यौपाने र सोजित गुरुङ छन् । डिफेन्समा भने अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरब बुढाथोकी र छिरिङ गुरुङ छन् ।

मिडफिल्डमा हेमन्त गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिशेष रिजाल र तेज तामाङ छन् । फवार्डमा भरत खवाससँगै सुनिल बम, सुमन लामा र विमल घर्ती मगर छन् ।
१८ अगस्टबाट २ सेप्टेम्बरसम्म इन्डोनेसियाको जाकाट्रा र पालेम्बाङमा एसियन गेम्स हुदैं छ ।