अर्थ मन्त्रालयको ४२ दिनको ‘खाजा खर्च’ साढे १७ लाख - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अर्थ मन्त्रालयको ४२ दिनको ‘खाजा खर्च’ साढे १७ लाख



काठमाडौं ३ पुस,

अर्थ मन्त्रालयले ४२ दिनमा साढे १७ लाखको खाजा खाएको भन्दै बिल सार्वजनिक गरेको छ ।

भदौ र असोज महिनामा मन्त्रालयभित्र भएको बैठकमा खाजा खाँदा १७ लाख ५७ हजार खर्च भएको विल अर्थ मन्त्रालयले आफ्नो वेबसाइटबाट सार्वजनिक गरेको छ। भादौ र असोजमा जम्मा ४२ दिनमात्रै सरकारी कार्यालय खुलेका थिए ।

मन्त्रालयले कञ्चन चमेना गृहलाई १७ लाख ५७ लाखको विल भुक्तानी गरेको देखाएको छ ।

कस्तो छ खाजासम्वन्धी व्यवस्था ?

मन्त्रालयको खाजा व्यवस्थापनबारे कुनै व्यवस्था छैन । कर्मचारीले आफ्नै पैसाबाट खाजा खानुपर्ने व्यवस्था छ । तर, मन्त्रालयभित्र बस्ने वैठक र कार्यक्रमका बेलामा भने सरकारकै पैसाबाट खाजा वितरण हुने गरेको छ ।

दुई महिनामा जम्मा ४२ दिन कार्यालय खुल्दा अर्थ मन्त्रालयमा कतिवटा बैठक भएका थिए, उल्लेख भएको छैन । यसबारेमा अर्थ मन्त्रलयका प्रवक्ताले पनि यो कुरा बताउन चाहेनन् ।

तर, प्रतिदिन हिसाब गर्दा एक दिनमा अर्थ मन्त्रालयले करिब ४१ हजारका दरले खाजा खुवाएको देखिन्छ।