२२ वर्षपछि वेनगर आर्सनलबाट बिदा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

२२ वर्षपछि वेनगर आर्सनलबाट बिदा



एन्जेसी– अन्तत: आर्सेन वेनगरले यहि सिजनको अन्त्यबाट आर्सनलको प्रशिक्षक पदबाट राजीनामा दिने भएका छन्। पछिल्लो २२ वर्षदेखि आर्सलनको प्रशिक्षक रहेका उनले आफ्नो सम्झौता अघि नै पद त्याग गर्न लागेका हुन्।

फ्रान्सका ६८ वर्षीया वेनगर सन् १९९६ मा आर्सलनको प्रशिक्षक बनेका थिए। त्यसयता लगातार प्रशिक्षक रहेका उनले यो सिजन आर्सनल शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुन नसक्ने भएपछि राजीनामा दिन लागेको बताइएको छ। आर्सनल अघिल्लो सिजन पनि शीर्ष चारमा पर्न असफल भएको थियो।

लगातार २२ वर्ष प्रशिक्षक बन्दा उनले आर्सनललाई तीन पटक प्रिमियर लिगको उपाधि दिलाएका थिए। यस्तै उनको प्रशिक्षणमा आर्सनलले ७ पटक एफए कपको उपाधि जितेको थियो। सन् १९९८ र २००२ मा आर्सनलले एफए कप र प्रिमियर लिग दुवैको उपाधि जितेको थियो।

‘क्लबमा धेरै वर्ष यादगार काम गर्न पाएकोमा खुसी लागेको छ,’ उनले भनेका छन्, ‘मैले पूर्ण प्रतिवद्ध र इमान्दार भएक प्रशिक्षण गरे। सवै आर्सलनका समर्थकलाई क्लबलाई साथ दिन अनुरोध गर्छु।’
वेनगरको राजीनामा पछि अर्का प्रशिक्षण छिट्टै नियुक्त गर्ने आर्सनलले जनाएको छ।

आर्सनलको मालिक मध्येका एक स्टान क्रोइकेले वेनगरको राजीनामा क्लबका लागि कठिक मध्येको एक दिन भएको बताए।

सन् १९९६ अक्टोबर १ मा आर्सनलको प्रशिक्षक बनेपछि वेनगरले ८ सय २३ खेल खेलाए।

गत आइतबार न्युकासलसँग २–१ ले पराजित भएपछि आर्सनलका लागि जारी प्रिमियर लिग विगत ११ वर्ष यताकै खराब हुने पक्का भएको थियो।

वेनगरले ९ वर्षको अवधिमा तीन प्रिमियर लिग र चार एफए कपको उपाधि जिताएका थिए। सन् २००३–०४ सिजनमा आर्सनल अपराजित रहँदै सन् १९८९ पछि अपराजित हुने रेकर्ड बनाएको थियो।

सन् २००५ को एफए कपको उपाधि जितेपछि भने आर्सनलको प्रदर्शन राम्रो हुन सकेन। ९ वर्षपछि एफए कपको उपाधि जित्ने क्रममा आर्सनलले सन् २०१४ मा एफए कपको उपाधि जितेको थियो। गत वर्षपनि आर्सनलले चेल्सीलाई हराएर एफए कपको उपाधि जित्यो। तर प्रिमियर लिगमा भने शीर्ष स्थान चेल्सीसँग १८ अंक पछि पर्यो।

सन् २००६ को च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनासँग पराजित भएको आर्सनलको युरोपियन फुटबलमा भने राम्रो प्रदर्शन हुन सकेन।