यस्ता छन् दिल्लीमा कलाकारलाई समस्या ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

यस्ता छन् दिल्लीमा कलाकारलाई समस्या !



हिमाल पोस्ट /नयाँ दिल्ली ,असार ३ 

खासगरी यो साता भारतको दिल्लीमा रहेका कलाकारहरुलाई हामीले तपाईं भारतको दिल्लीमा रहेर पनि आफ्नो कलाकारितालाई निरन्तरता दिनु भएको छ । आफ्नो देश बहिरबाट यो क्षेत्रमा लाग्दा के कस्ता समस्या अाउछन ?भनेर सोधेका थियौ पढ़ौ उहाँहरुको भनाई जस्ताको तस्तै ।

सुबोध पोख्रेल (गायक):नेपाली लोकसंगीतलाई हामी भारतमा बसेर काम गर्न त्यति सजिलो त छैन त्यही पनि नेपाली सङ्गीतलाई बचाऊ भन्दै भारतमा बसेर दुख गरेर लागि परेका छौ जस्तो लाग्छ ।एउटा गीत रेकर्ड गर्न नेपाल जानु पर्ने हुन्छ ।गीत रेकर्ड गरेको ५-७ दिनमा फेरी भिडियोको लागि जानु पर्‍यो त्यति मात्र गरेर भएन सबै मिडियामा दिनु पर्ने हुन्छ तर आफूले फलोअप गर्न भ्याईदैन सञ्चार माध्यममा बजाउने नबजाउने उनीहरूको हातमा हुन्छ पैसा मात्र खर्च गरेर पनि केही हुने वाला छैन ।दिल्लीमा बसेर दिल्लीका नेपालीहरूले माया ममता दिनु भएको हुनाले कलाकार बन्न सफल भएको हु ।उहाँहरुप्रति ऋणी नै छु ।यहाँका हरेक जसो कार्यक्रममा बोलाउनु हुन्छ ,माया गर्नु हुन्छ आयोजक प्रति पनि आभारी छु ।कलाकार बनेर कलाकारिता क्षेत्रमा मात्र लागेर पेट पालुला भन्ने छैन केवल दर्शक श्रोताको मायाले गर्दा यास क्षेत्रमा छु ।सङ्घर्ष नगरी कलाकारिता क्षेत्रमा टिक्न गाह्रो नै छ ।

बाबु रोका मगर (भिडियो निर्देशक ):समस्या त भई नै हाल्छ किनकि हामी दिल्लीमा जब गर्दै जबबाट बचेको समयलाई सदुपयोग गरेका हौ समयको अभावमा आफूले चाहेर पनि राम्रो अनि स्तरिय कला प्रदशर्न गर्न पाएका छैनौ । अर्को कुरा यो कलाकारितामा ‘पैसा फेको तमासा देखो ‘भनेजस्तै भको छ भने कलाकारहरू बिच उ भन्दा म ठुलो भन्ने भावानाले यस्लाइ स्तरिय बनाउन नसकेको हो जस्तो लागेको छ।

राहुल अधिकारी (मोडेल तथा गीतकार):भोको पेट पाल्न बिदेशिनु हामी नेपालीको लागि कुनै नौलो कुरा हैन ।तेसै सिलसिलामा मा पनि भारतको राजधानी दिल्लीमा छु ।एकातिर कलाकारिता अर्कोतिर जागिर छदै छ । सङ्गीत मेरो सपना थियो ।सपना पुरा गर्न धेरै मेहन गर्न पर्‍यो र अझै गर्दै छु ।भोलिका दिनमा पनि समय परिस्थितिले साथ दिए यो भन्दा अझै लगाव रहने छ । यहाँ समस्याको कुरा गर्ने हो भने धेरै छन् आफ्नो देशमा बसेर परिवार सँगको मिठासमा भुल्न पाईदैन ।अलि कलाकारितामा पनि समय दिन सकियको छैन कारण जागिर छोड्यो पेट के ले पाल्ने जागिर सँग सँगै अलि धौ धौ छ ।भनेको समयमा गीतमा अभिनय गर्न सकिँदैन आफूले रोजेको समय सधैँ उपयुक्त पनि हुँदैन ।

पार्वती थापा (गीतकार ):हामी देश भित्र हुम वा देश भन्दा बाहिर पहिला कलाकार हौ त्यो भुल्नु हुँदैन ।आफूमा कला छ भने निर्डर भएर अगाडी बढ्नु पर्‍यो ।आफूभित्रको कलालाई उजागार गर्नु पर्‍यो ।आफ्नो कला अरूलाई नदेखाई कसैलाई थाहा हुँदैन र कसैले खोज्दै पनि आउदैन ।प्रवासमा बसेर काम गर्दा अनेकौँ समस्या आउछन कसैको जागिर होला त्यता ध्यान दिनु पर्‍यो ,अर्कोतिर समाजसेवा पनि उत्तिकै जरुरी छ ।कलाकारितामा सबैलाई समान समय दिन सक्नु पर्‍यो ।हुन सक्छ सबैमा उक्त फर्मुला प्रयोग नहुन सक्छ ।म गीतकार भएर अलि सजिलो छ गीत रेकर्ड गर्न जान नपर्ने आदि इत्यादि ।गीत लेख्यो र दियो ।फेरी तपाईँलाई त कति सजिलो भन्नु होला हैन पहिला मेहनइ जरुरी छ मेहनत बिना कोही सफल हुँदैन ।आफ्नो एक पटक मार्केट बनाईसकेपछी सबैलाई अलि सजिलो हुन्छ ।

धुर्व राना(गायक) :कलाकारिताम धेरै कठिनाइ छ ।भारतमा बसेर एकातिर आफ्नो व्यवासाय अर्को तिर कलाकारिता चुनौतीको विषय पनि हो ।धेरै नै सङ्घर्ष गर्नु पर्ने हुन्छ । तर सबै एकै पटक गर्छु भनेर सम्भव पनि छैन ।गीत रेकर्ड गर्ने देखि लिएर भिडियो बनाएर दर्शक माझ ल्याउदा सम्म कठिनाइ छ त्यसपछि दर्शकको हातमा ।

राम गहतराज (गायक ):भारत होस वा अन्य देश काम गर्न धेरै कठिनाइ छ ।त भन्दा म के कम भन्ने साथीहरूको पनि कमी छैन यहाँ ।खास कला नभएका केवल रहरले गर्ने धेरै छन् यसले कलाकारिता पेसा अंगालेकालाई अलि घात पुर्याको छ जस्तो मलाई लाग्छ ।हामी पहिला त नेपाली हौ जहाँ भए पनि त्यो भुल्नु हुँदैन ।गीत रेकर्ड देखि अनेकौँ समस्या झेल्नु परेको छ ।दिल्लीबाट काठमाडौँ गयो रेकर्डकै सिलसिलामा हामीलाई भन्दा त्यहाँका साथीहरूलाई बढी प्राथमिकता दिइन्छ यो अलि चित्त बुज्दैन कमसेकम यिनीहरू प्रदेशबाट आएका हुन् यिनीहरूको समय पनि कम हुन्छ भनेर बुजिदिनु हुन्न सार्है दुख लाग्छ ।आज म जुन ठाउँमा छु दर्शकको मायाले छु उहाँहरू भगवान् हुनुहुन्छ ।

अमृता बराल (उदयीमान मोडेल): उम्म्म देश भन्दा बाहिर रहेर काम गर्न सार्है गाह्रो पर्ने रैछ ।भनेको समयमा नेपाल जान पाईदैन ।जागिर नगरी भएन त्यही नै ठुलो समस्या हो ।यहाँ न गीत रेकर्ड गर्न सकिन्छ न केही साथीहरूका धेरै अफ़र आउछन तर के गर्ने समय मिलाउन नै सकिँदैन ।धेरै कुराहरू मिस गर्नु पर्ने बाध्यता छ यहाँ ।