अर्काकी श्रीमतीलाई नुहाउने बेलामा हेरेकोअ भन्दै ६ वर्षका बालकको हत्या - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अर्काकी श्रीमतीलाई नुहाउने बेलामा हेरेकोअ भन्दै ६ वर्षका बालकको हत्या



भारतको राजधानी नयाँ दिल्लीमा एउटा अनौठो तथा दर्दनाक घटना भएको छ । ६ वर्षका एक बालकको हत्या भएको छ । अनि उक्त हत्याकाण्डमा एक १९ वर्षे युवक पक्राउ परेका छन् ।

हत्याको कारण निकै अनौठो खालको छ । अर्काकी श्रीमतीलाई नुहाउने बेलामा हेरेको आरोपमा ६ वर्षे बालकले ज्यान गुमाएका हुन् ।

समाचार अनुसार रोहित नामका १९ वर्षे युवकले ती ६ वर्षे बालकको बुवाबाट २० हजार भारु रकम फिर्ता लिनुथियो । त्यसका लागि उनले बालकको अपहरण गरेर आफ्नो घरमा लगेका थिए ।

ती बबुरा बालकले अपहरणकारी रोहितकी श्रीमतीले नुहाउन थालेको बेलामा नुहाइरहेको हेरेका रहेछन् । जब आफ्नी श्रीमतीले नुहाउन थालेको बेलामा ती बालकले देखेको कुरा रोहितले पत्तो पाए तब उनलाई रिसको पारो तात्यो । त्यसपछि उनले ती बालकको टाउको भित्तामा ठोकिदिएर हत्या गरे ।

रोहितले पुलिससँगको बयानमा हत्याको त्यो अनौठो कारणको खुलासा गरेपछि सबै अचम्ममा परे ।